Listen Live: 

माडीको बसन्तपुरमा सञ्चालित ‘छैठौं वातासिनो माडी क्रिकेट कप २०७९’ को उपाधीमा अल ईक्वल क्रिकेट एकेडेमी गरुडा रौतहटलको जित

Radio Chitwan
सोमवार, फाल्गुन २२, २०७९

चितवन । माडीको बसन्तपुरमा सञ्चालित ‘छैठौं वातासिनो माडी क्रिकेट कप २०७९’ को उपाधी अल ईक्वल क्रिकेट एकेडेमी गरुडा, रौतहटले जितेको छ ।

प्रतिस्पर्धात्मक खेलमा लुम्बिनी नवयुवा क्लबलाई १ विकेटले पराजित गर्दै गरुडाले उपाधी उचालेको हो । टस हारेर पहिलो ब्याटिङमा आएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै २४० रन जोडेको थियो । २४१ रनको लक्ष्य पछ्याएको गरुडाले १९।३ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

११ बलमा ४२ रन जोडेका गरुडाका बिपिन सहनी म्यान अफ द म्याच घोषित हुनुभयो । उपाधी जितेसंगै गरुडाले नगद रु। ३ लाख १० हजार तथा उपविजेता हुन सफल लुम्बिनीले १ लाख ५५ हजार नगद पुरस्कारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

आन्य समाचारहरु:-
October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 3, 2023
एसियाड क्रिकेटमा नेपाल र भारतको खेल आज,पौने ७ बजे सुरु हुँदै

काठमाडौं,असोज १६- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले १९औं एसियाडको क्वाटरफाइनलमा आज भारतसँग प्रतिस्पर्धा गर्दै छ। टी-ट्वेन्टी आईमा नेपाल र भारत पहिलोपटक आमनेसामने हुन लागेका हुन्। नेपाल र भारतबीचको खेल भोलि […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram