रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
नारायणी नदीमा सञ्चालनमा रहेका मोटर बोट, स्टिमरलगायतका जल यातायातबाट निस्कने ध्वनि प्रदूषणले जलचर प्रभावित

चितवन । नारायणी नदीमा सञ्चालनमा रहेका मोटर बोट, स्टिमरलगायतका जल यातायातबाट निस्कने ध्वनि प्रदूषणले जलचर प्रभावित बनेका छन्।
माछा, गोहीलगायतका जलचरको बासस्थान रहेको नारायणी नदीमा पछिल्लो समय मोटर बोटको ध्वनि प्रदूषण बढ्दो छ। त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय क्याम्पसका उपप्राध्यापक दीपनारायण शाहले बढ्दो ध्वनि प्रदूषण नरोक्ने हो भने जलचरहरूको बासस्थान र संरक्षणमा चुनौती देखिएको बताउनुभयो।
शाहले भन्नुभयो, “अहिले मोटर बोट चलेका ठाउँमा माछा पाइनै छाडेको छ, नारायणीमा माछाको अवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्दा जलचरहरूको पारिस्थितिक प्रणालीमा समेत यसले गम्भीर असर गरेको छ।”
उहाँले भन्नुभयो, “अहिले नारायणी नदीमा चल्ने स्टिमर तथा मोटर बोटहरूले ठूलो ध्वनिमा आउने गरी गीत–सङ्गीत बजाउने, स्टिमर चलाउँदा पनि त्यस्तै आवाज आउने कुरा नै प्रमुख समस्या हो। ध्वनि प्रदूषणले जलचरको श्रवण क्षमतामा समेत असर गरिरहेको उहाँले सुनाउनुभयो। नेपालमा पाइने १८५ प्रजातिका माछामध्ये नारायणीमा १२० प्रजातिका माछा पाइने गरेका छन्। विशेष गरी बग्ने पानीमा रहने धेरै प्रजातिका माछा नारायणीमा पाइन्छ।
घडियाल गोही, मगर गोही, डल्फिनलगायतका दुर्लभ जीव मात्रै होइन, पाँच प्रजातिका कछुवा, सहर, ट्याङ्ग्रा, जलकपुर, थेर, गर्दीजस्ता विश्वमै दुर्लभ हुँदै गएका माछाको पनि प्रमुख बासस्थान नारायणी नदी मानिन्छ। नारायणी नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आउनुभएका गैँडाकोटका विष्णु बोटे पहिलाजस्तो अहिले माछा मार्न सहज नभएको बताउनुहुन्छ।
अहिले नारायणगढस्थित नारायणी नदी किनारमा २२ वटा स्टिमर चल्छन् भने योभन्दा करिब आठ किलोमिटर पश्चिम शिवघाटमा जेट बोट सञ्चालनमा छ। यसको ध्वनि प्रदूषण प्रत्यक्ष नदीमा देखिन्छ। कतिपय स्टिमर र मोटर बोटको इन्जिनमा खराबी आउँदा धुवाँको मुस्लो निकालेर चल्दा वायु प्रदूषणसमेत हुने गरेको बताइन्छ। मोटर बोट सञ्चालकहरू भने यो मान्न तयार छैनन्। नारायणी नदीमा दुईवटा मोटर बोट सञ्चालन गरिरहनुभएका बाबु मगर मोटरबोटले माछालाई असर नगरेको दाबी गर्नुहुन्छ।
काठमाडौँ विश्वविद्यालय जीव विज्ञान विभागका उपप्राध्यापक डा। रामदेवी तचामोले स्टिमर तथा मोटर बोटले ध्वनि र वायु प्रदूषण कम गर्न सक्ने भए पनि त्यसतर्फ ध्यान नदिएको गुनासो गर्नुभयो।
उहाँले भन्नुभयो, “स्टिमरहरू नै कम आवाज निकालेर चलाउन सकिन्छ तर त्यसतर्फ ध्यान पुगेको देखिँदैन।” नारायणी नदीमा भरतपुर महानगरपलिकाको स्वीकृतिमा मात्रै स्टिमर तथा मोटर बोट चलाउन पाउने व्यवस्था रहेकोले सञ्चालन अनुमति दिँदा नै यसले जलसम्पदामा पार्ने असरका बारेमा अध्ययन हुनु आवश्यक छ।
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
काठमाडौं : प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]