रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
गामवेसीँको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालवालिकाहरुले एक आपसमा रंग दलेर होली पर्व मनाए

चितवन । सीमान्तकृत चेपाङ समुदायका बालवालिकाहरुले सोमबार हाली खेलेका छन् । गामवेसीँको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालवालिकाहरुले एक आपसमा रंग दलेर होली पर्व मनाएका हुन् ।
विहानको खानापछि एउटै पोसाकमा सजिएका बालवालिकाहरुले एक आर्कामा रंग दलेर आत्मियता साटासाट तथा होली पर्वको शुभकामना आदान प्रदान समेत गरेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिए ।
साना साना बालवालिकाले होली खेलेको दृष्य लोभलाग्दो थियो । वालवालिकाहरुले अनुसाशित रुपमा खेलेको होलीको सञ्चारकर्मीहरु फोटो तथा दृश्य क्यामरामा कैद गरिरहेका थिए । चेपाङ बालवालिकाको होली क्यामरामा कैद गर्न लायक थियो पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाले भने, “आजभोली अनुसाशित रुपमा होली खेलेको विरलै देख्न पाइन्छ ।”
चेपाङ समुदायले संस्कृति पर्वको रुपमा होली मनाउदै आएका छन् । आर्थिक अभावका कारण चेपाङ डाँडामा यसको प्रभाव खासै देखिदैन । पर्वमा मिठो खान र रंग किन्न समेत नसक्ने आर्थिक अबस्था भएका कतिपय चेपाङ समुदायहरु अरुले खेलेको होली हेरेर चित्त बुझाउनु पर्ने बाध्यकारी अबस्था रहेको छ ।
सानै उमेर देखि चेपाङ बालवालिकालाई परम्परागत संस्कृतिप्रति उत्तरदायी बनाउन केन्द्रले हरेक बर्ष होली विशेष कार्यक्रम गर्दै आएको अध्यक्ष शर्माले बताए ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]