कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
होली पर्वलाई मध्यनजर गरेर आइतबार र सोमबार चितवनको ट्राफिक चेकिङमा कडाइ

चितवन, फागुन २२(
होली पर्वलाई मध्यनजर गरेर आइतबार र सोमबार चितवनको ट्राफिक चेकिङमा कडाइ गरिएको छ ।
चितवनमा आज होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो । चितवनमा दुई दिन होली मनाइने भएकोले यो चेकिङ भोलिसम्म जारी रहनेछ ।
चितवनका विभिन्न ३० ठाउँमा ‘चेक पोइन्ट’ राखिएको प्रहरीले जनाएको छ । यसैगरी राजमार्ग क्षेत्र र भित्रि क्षेत्रमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जनाएअनुसार होलीको अवसरमा सडक दुर्घटना र झैझगडा कम गर्नको लागि चेकिङलाई बढाइएको हो । ठाउँठाउँमा ट्राफिक प्रहरीका चेक प्वाइन्ट र जनपथ प्रहरीले पनि चेकिङलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले चितवनको विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको चितवन ट्राफिक कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरी तीव्र गतिमा सवारी हाँक्नेलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार एक सूचना जारी गर्दै इच्छाविपरीत कसैलाई रङ दल्ने, लोला हान्ने, होली मनाउने नाममा अभद्र व्यवहार गर्नेलाई कडा सजाय गरिने जनाएको थियो । चितवन प्रहरीका अनुसार लागुपदार्थ सेवन गरेर सवारी हाँक्ने तथा ट्राफिक नियम उल्लंघन गरी लापर्बाहीका साथ सवारी हाँक्ने बाहेक अन्य त्यस्तो अभद्र व्यवहार भएको उजुरी प्रहरीमा आएको छैन । होली पर्वलाई मर्यादित र सुरक्षित बनाउनका लागि चितवन ट्राफिक प्रहरीले थप सक्रियता जनाएको ट्राफिक प्रमुख अधिकारीको भनाइ थियो।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]