Listen Live: 

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गरेर चितवनका १७ बढी क्याम्पसमा विद्यार्थी संगठनहरुले नाम दर्ता

Radio Chitwan
सोमवार, फाल्गुन २२, २०७९

चितवन, फागुन २१(

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गरेर आज चितवनका १७ बढी क्याम्पसमा विद्यार्थी संगठनहरुले नाम दर्ता गरेका छन् ।

आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा चितवनको तीन वटा आंगिक र १४ वटा सामुदायिक क्याम्पसमा विद्यार्थीहरुले निर्वाचनको लागि संगठन दर्ता गरेका हुन् ।

नारायणगढको बालकुमारी क्याम्पसमा भने माओवादी निकट अखिल क्रन्तिकारीले फागुन ४ गतेबाट ताला लगाएकोले संगठन दर्ता हुन सकेको छैन । क्याम्पसका सहायक क्याम्पस प्रमुख बाबुराम पन्थीले तालाबन्दीले विद्यार्थी भर्ना र स्ववियु निर्वाचनको काम गर्न नपाएको नारायणी अनलाइनलाई जानकारी दिए ।

विभिन्न क्याम्पसहरुको निर्वाचन समितिले उपलब्ध गराएको सूचना अनुसार आंगिक क्याम्पसहरुमध्ये वीरेन्द्र बहुमुखी क्याम्पसमा २१ वटा, रामपुर कृषि क्याम्पस खैरहनीमा चार वटा र चितवन इन्जिनियरिङ कलेजमा चारवटा विद्यार्थी संगठन दर्ता भएका छन् ।

त्यसैगरी पूर्वचितवनमा रहेका खैरहनीको भवानी शंकर बहुमुखी क्याम्पसमा १८ वटा, जनआदर्श बहुमुखी क्याम्पस वीरेन्द्रनगरमा ९ वटा, शहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगरमा ११ वटा, जयमंगलबा बहुमुखी क्याम्पसमा एकवटा संगठन दर्ता भएका छन् । भरतपुरमा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसमा १३ वटा, मैयादेवी कन्या कलेजमा ८ वटा, प्रेमबस्ती बहुमुखी क्याम्पसमा चार वटा, हरि स्मारक कलेज मंगलपुरमा तीनवटा, शहिदस्मारक कलेज शारदानगरमा सातवटा, सर्वशान्ति कलेज कलेज कुरिनटारमा एकवटा, अरुणोदय कलेज गीतानगरमा ६ वटा, अमर जनशक्ति क्याम्पस पटिहानी पाँचवटा, माडी बहुमुखी क्याम्पसमा ८ वटा र अन्नपूर्ण बहुमुखी क्याम्पस पार्वतीपुरमा एउटा संगठन दर्ता भएका छन् । उमाबडी आदर्श बहुमुखी कलेज दिव्यनगरमा २५ गते मात्र हुने भएको छ ।

चितवनका सामुदायिक क्याम्पसहरुले निर्माण गरेको स्ववियु निर्वाचन तालिका अनुसार फागुन २६ गते साँझ ४ बजेसम्म विद्यार्थी भर्ना गरिसक्नुपर्ने, २७ गते मतदाता नामाबली प्रकाशन र फागुन २७ गते मनोनयनपत्र दाखिला गर्ने अन्तिम म्याद तोकिएको छ ।

सप्तगण्डकीमा कुन कुन संगठन दर्ता भए रु

सप्तगण्डकी बहुमुखी क्याम्पसमा महेश सापकोटाको अध्यक्षतामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु , प्रदिप तामाङको संयोजकत्वमा अखिल संयुक्त, महेश चौधरीको नेतृत्वमा अखिल क्रान्तिकारी, प्रकाश देवकोटाको नेतृत्वमा अखिल क्रान्तिकारी, सुमन घिमिरेको नेतृत्वमा संयुक्त अखिल, सौगात पराजुलीको नेतृत्वमा अखिल क्रान्तिकारी, प्रमिस कोइरालाको नेतृत्वमा बाम लोकतान्त्रिक विद्यार्थी मोर्चा रहेका छन् । त्यसैगरी क्याम्पसमा रामबहादुर गुरुङको नेतृत्वमा नेपाल विद्यार्थी संघ, अनुजा नेपालको नेतृत्वमा गणतान्त्रिक विद्यार्थी युनियन, प्रशान्त सापकोटाको नेतृत्वमा नेपाल विद्यार्थी ९संघ०, कमलदत्त कुमालको नेतृत्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० र अमृता पाण्डेको नेतृत्वमा समाजवादी विद्यार्थी युनियन रहेका छन् ।

आन्य समाचारहरु:-
September 25, 2023
चितवनका डा.भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ

चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]

September 25, 2023
बागमतीको एमाले अध्यक्षमा चितवनका कृष्णभक्तलाई उठाउने तयारीमा ओली

काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]

September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 23, 2023
सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram