कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कोरिया नेपाल संसदीय समितिका अध्यक्ष तथा नेपाल–कोरिया मामिलाका सभापति लि साङ हन नेतृत्वको टोली भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँग भेटवार्ता

चितवन । नेपाल भ्रमणमा आएका सांसद, कोरिया नेपाल संसदीय समितिका अध्यक्ष तथा नेपाल–कोरिया मामिलाका सभापति लि साङ हन नेतृत्वको टोलीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँग भेटवार्ता गरेको छ ।
भेटवार्ताको क्रममा भरतपुर र कोरियाबीच कृषि, पर्यटन तथा विकासका कार्यमा सहकार्य गर्नेबारे छलफल भएको थियो ।मेयर दाहालले भरतपुरमा भईरहेको विकास निर्माण, कृषि क्षेत्रमा गर्न खोजेको प्रयास र ल्याण्डफिल्ड साईटको बारेमा सभापति हनलाई जानकारी गराउनु भएको थियो ।
दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि सभापति हनलाई कोरिया सरकार तथा नागरिकलाई निम्तो दिनुभयो । भरतपुरमा कोरयिन संस्था निर्माण गर्ने भनेको ल्याण्डफिल साईटको डिपिआर र गुरुयोजना सम्पन्न भईसके पनि काम अगाडि नबढेको भन्दै सभापति हनको ध्यानकर्षण गराउनु भएको थियो ।
भेटवार्ताका क्रममा सभापति हनले नेपालमा प्रचुर सम्भावना रहेकाले विकासको गतिलाई बढाउन सकिने उल्लेख गर्नुभयो ।
हनले चीन र कोरियाले छोटो समयमा गरेको प्रगतिलााई अनुशरण गर्दै नेपालले आफ्ना गतिविधिलाई अगाडि बढाउनु पर्ने धारणा राख्नुभयो । कोरियाले धेरै समय लगाएर गरेको प्रविधिको विकासलाई नेपालले प्रयोग गर्न सक्नेतर्फ ध्यानाकर्षण गराउनुभएको थियो । नेपाल हिमालयको देश भएकाले यहाँको पानीलाई सदुपयोग गर्न सके मात्रै सम्पन्न मूलुक बन्न धेरै समय नलाग्ने उहाँको भनाई थियो ।
हनले वातावरणीय प्रभाव न्यूनिकरणमा नेपाल सरकारले अहिलेबाट ध्यान दिई सुन्दर, सफा र शान्त देश निर्माणमा लाग्न सबैले ध्यान दिन आग्रह गर्नुभएको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]