Listen Live: 

चितवनमा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुभारम्भ

Radio Chitwan
सोमवार, फाल्गुन २२, २०७९

चितवन । चितवनमा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुभारम्भ भएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय चितवनमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सेवाग्राहीलाई हस्तान्तरण गरी शुभारम्भ गर्नुभयो ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले अबको युग प्रविधिमैत्री भएकाले सबैले परिचयपत्र प्राप्त गर्नुपर्ने औल्याउनुभयो ।
मेयर दाहालले परिचयपत्र वितरण तथा तथ्याङक संकलनको कामलाई थप प्रभाकारी बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभयो । भरतपुर महानगरबासीको सहजताका लागि महानगरपालिका परिसरका छुटै ईकाई बनाएर परिचपत्रको कामलाई बढाउन तयार रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय परिचय पत्र नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश गरी बायोमेटिक सुविधायुक्त प्रमाणपत्र हो । नेपाल सरकारले नागरिकका तथ्याडकहरुलाई डिजिटल प्रविधिमा राख्न यो कामको थालनी गरेको थियो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले अहिले दैनिक १५ हजार राष्टिय परिचयपत्र छपाईको काम भइरहेको बताउनुभयो । महानिर्देशक पण्डितले अबको एक वर्षभित्र अभियान नै चलाएर दुई करोड नेपालीको तथ्याङक संकलन गर्ने र दुई वर्षभित्र सबैलाई परिचयपत्र उपलब्ध गराउने लक्ष्य लिएको बताउनुभयो । छपाई भएका परिचय–पत्रको वितरण कार्य चितवनबाटै सुरु गरिएको उहाँको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चितवनमा १५ हजार राष्ट्रिय परिचयपत्र छपाई भएर आएको जानकारी दिनुभयो ।राष्ट्रिय परिचय–पत्रलाई स्थानीय तहअनुसार सेवा केन्द्र स्थापन गरी वितरण गर्ने कार्यलाई थप प्रभावकारी बनाईने बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी पौडेलले यसको थालनी भरतपुर महानगरपालिकाबाट सुरु गरी क्रमश सबै पालिकामा विस्तार गर्ने योजना लिएको उल्लेख गर्नुभयो । अब केही समयपछि कुनै पनि काम गर्दा राष्ट्रिय परिचय–पत्र अनिवार्य चाहिने नियम आउने भएकाले छुटेका र यो सेवाबाट बाहिरा भएका नागरिकले सम्बन्धित ईकाईमा सम्पर्क राख्न आग्रह गर्नुभयो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram