Listen Live: 

रत्ननगर जेसीजको आयोजनामा आउँदो चैत्र १६ गते रामनवमीको दिनमा रत्ननगर २ शिवालय मन्दिर परिसरमा सामुहिक व्रतबन्ध हुने

Radio Chitwan
सोमवार, फाल्गुन २२, २०७९

चितवन । रत्ननगर जेसीजको आयोजनामा आउँदो चैत्र १६ गते रामनवमीको दिनमा रत्ननगर २ शिवालय मन्दिर परिसरमा सामुहिक व्रतबन्ध हुने भएको छ ।

बढ्दो महंगी, खस्किदो अर्थतन्त्र र बजारमा चलिआएको तडक भडकका कारण आफ्नो चलन अनुसारको कार्य गर्नलाई निकै नै कस्टकर बन्दै आएकोमा केहि राहत पुर्याउने उदेश्यले जेसिजले सामुहिक व्रतबन्ध गर्न लागेको आइतवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

सामुहिक हिसाबले यस्ता कार्यहरु गर्दा सबै जात जातिका मानिसहरु समेटिने र सामाजिक सहिसनुताको संदेश प्रवाह हुने भएकोले सामुहिक व्रतबन्ध कार्यक्रम आयोजना गर्न लागिएको रत्ननगर जेसीजका अध्यक्ष अमित कुमार गुप्ताले जानकारी दिए ।

जेसीज आस्थालाई पछ्याउदै सन् २००२ देखि नै यस रत्ननगर जेसीजले सामुहिक व्रतबन्ध कार्यक्रम गर्दै आइरहेको अध्यक्ष गुप्ताको भनाई छ ।

उनले भने, “सबै जनमानसलाई टेवा पुग्नेगरी बिगतका समय देखि नै यस कार्य चल्दै आएकोमा बिचमा केही वर्ष यस कार्यले निरन्तरता पाउन सकेन र अब भने यसै कार्यलाई निरन्तरता दिदै बिगतका बर्षझै यस वर्षपनि मानव सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने भावनाका साथ चैत्र १६ गते रामनवमीको दिनमा सामुहिक व्रतबन्ध गर्न लागेका हौं ।”

व्रतबन्धका दिन बटुकलाइ चाहिने सम्पूर्ण पुजासामग्री, व्रतबन्ध गर्दा प्रयोगहुने जोगी भेषको बस्त्र र बटुकको घरपरिवार र आफन्तजनको हिसाबले आउने १० देखि १५ जनालाई भोजन र प्रसादको पनि व्यवस्था रहेको कार्यक्रम संयोजक जेसीज सौरभ रिजालले जानकारी दिए । ४० देखि ४५ जना सम्मको सिमित बटुक संख्या रहेको हुदा आफ्नो अग्रिम नाम टिपाउनको लागि कार्यक्रम संयोजक रिजालले आग्रह गरे ।

सामुहिक व्रतबन्ध कार्यक्रमको दर्ता शुल्क रु ५ हजार रहेको र आर्थिक अवस्थाले अफ्ठ्यारो भएको तर इच्छुक बटुकलाइ समितिको निर्णय अनुसार न्यून शुल्क लिएरमात्र पनि यस कार्यमा सरिक गराईने उनको भनाई छ ।

पत्रकार सम्मेलन कार्यक्रममा रत्ननगर जेसीजका उपाध्यक्ष जेसीज नरहरी पुरी, कोषाध्यक्ष विपिन्द्र घिमिरे, जुनियर जेसीजका अध्यक्ष सन्दर्भ खनाल, जुनियर जेसिरजका उपाध्यक्ष सगुन रेग्मी, महासचिव विमर्ष अधिकारी, शाखा सम्पादक बाबुराम परियार लगाएतको उपस्थिति थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram