रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्य र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद्को घरमा शनिबार राति अज्ञात समुहद्वारा आगजनी गर्ने प्रयास
चितवन । भरतपुर महानगरपालिका–१५ फुलबारी विष्णु चोकस्थित नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्य सूर्य सुवेदी ‘पथिक’र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद् ज्ञानु बस्नेत सुवेदीको घरमा शनिबार राति अज्ञात समुहद्वारा आगजनी गर्ने प्रयास भएको छ। आगजनीबाट घरको अगाडी पट्टिको भाग र पार्किङ गरी राखेको स्कुटरमा आगजनी भएको हो । आगजनीबाट ना ३५ प ७४४९ नम्बरको स्कुटर जलेर नस्ट भएको छ।
ईप्रका फुलवारीबाट प्रहरी बरिष्ठ नायव निरीक्षक ज्ञान बहादुर पाण्डेको कमाण्डमा खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगो किन ,कसले, कसरी लाग्यो भन्ने कुरा अहिलेसम्म नखुलेको तथा घटनाको अनुसन्धान भैरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
यसैबीच माओवादी केन्द्र जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगर समिति चितवनले आज ९आइतबार० छुट्टा छुटै प्रेस विज्ञप्ति जारी गरी दोषी उपर कारबाहीको माग गरेको छ । स्कुटर र घरको अगाडिको भागमा भएको आगजनीबाट क्षति पुगेको माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी र भरतपुर महानगर समिति अध्यक्ष इश्वर सापकोटा सुमनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]