Listen Live: 

छुटपुट ५ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाण–पत्र वितरण

Radio Chitwan
सोमवार, फाल्गुन २२, २०७९

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आईतबार छुटपुट ५ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाण–पत्र वितरण गर्नुभएको छ ।

जग्गाधनी प्रमाणपत्र पाउनेहरु राष्टिय भूमि आयोग चितवनले भरतपुर–२ आँपटारीमा १ सय ३३ जनालाई जग्गाधनी प्रमाणपत्र ९लालपुर्जा० वितरणका क्रममा छुटेको थियो । राष्टिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमलसिनाले श्रीमान वैदेशिक रोजगारीकामा बाहिरा भएकाले लालपुर्जा प्राप्तीको प्रकृया पुगेको थिएन ।
प्रकृया पुरा भएसँगै अहिले थप ५ जनालाई जग्गाधनी प्रमाणपत्र दिईएको बताउनुभयो ।

महानगरपालिकाले आँपटारीबाट भूमिहिन दलितलाई जग्गाधनी प्रमाणपत्र दिएर यो कार्यको थालनी गरेको थियो । लालपूर्जा वितरण कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले भूमिहिनलाई भूमिपति बनाउने अभियान जारी राखिएको बताउनुभयो ।सबै प्रकृया मिलााएर केही समयपछि लालपुर्जा वितरण गर्ने गरी राष्टिय भूमि आयोग चितवनले काम अगाडि बढाई रहेको उल्लेख गर्नुभयो ।

आयोगका चितवन अध्यक्ष बद्री तिमलसिनाले चितवन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका कारण आचारसंहिताले लालपुर्जा वितरणको काम रोकिएको बताउनुभयो । अध्यक्ष तिमलसिनाले निर्वाचनपछि भरतपुर–११ को भूमिहिन दलित र सुकुम्बासी,सेतोपुर्जा भएर अद्यवधिक गर्न बाँकी रहेका, सेतो पुर्जामा एक किस्ता वा दुई किस्ता राजस्व बुझाएका र स्वम सेतो पुर्जा रहेका व्यक्तिलाई लालपुर्जा दिने तयारी भईरहेको जानकारी दिनुभयो । आयोगले चितवन जिल्लाभरि नै निस्सा दिने काम सम्पन्न भईसकेको पनि जानकारी दिनुभयो ।

आन्य समाचारहरु:-
September 12, 2024
पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]

September 10, 2024
सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित

रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]

September 10, 2024
मानसिक रोगले बढ्दै आत्महत्या, उपत्यका बाहिर सिमएसीमा धेरै बिरामीको उपचार हुदै

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]

September 7, 2024
नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो न्वागी पर्व

रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram