Listen Live: 

रत्ननगरमा अखिल नेपाल महिला संघले संगठन सृदृढिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Radio Chitwan
आइतवार, फाल्गुन २१, २०७९

रत्ननगर । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत रत्ननगरमा अखिल नेपाल महिला संघले संगठन सृदृढिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अनेमसंघ रत्ननगर नगरकमिटीले आयोजना गरेको सो कार्यक्रममा नेताहरुले पार्टी र संगठन भित्र देखिएको अन्तरविरोध अन्त्य र जनताको घरदैलोमा पुग्न पार्टीले ग्रासरुट अभियान सुरु गरेको बताएका थिए । अनेमसंघ रत्ननगरकी अध्यक्ष चन्द्रिका महत केसीको अध्यक्षतामा भएको कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य ज्वाल पुरी वन प्रमुख अतिथि रहेकी थिइन ।

अनेमसंघकी जिल्ला अध्यक्ष विमला दुवाडीले पार्टी र संगठन भित्र देखिएको अन्तर विरोधका कारण एमालेले गएका निर्वाचनमा सोचे जस्तो परिणाम हात पार्न नसकेको बताइन । नेकपा एमाले रत्ननगर नगर कमिटीका अध्यक्ष ईश्वरी अर्यालले मिसन ग्रासरुट अभियानको उद्देश्य र कार्ययोजनाको बारेमा प्रकास पार्दै पार्टीलाई एकताबद्ध, शुद्धिकरण एवम् सुदृढीकरण अभियानमा अनेमसंघले मुख्य भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

अनेमसंघकी नगर इन्चार्ज विष्णु आचार्यले नारी दिवसको महत्व र औचित्यका बारेमा सहजीकरण गरेकी थिइन । कार्यक्रमकी प्रमुख अतिथि अनेमसंघ केन्द्रीय सदस्य ज्वाला पुरी वनले जनतामा स्थापित नेकपा एमालेलाई एकताबद्ध र मजबुत बनाउन अनेमसंघले भूमिका खेल्नु पर्ने बताइन् । संघकी नगर उपाध्यक्ष्य सबिता चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव गीता सिंखडाले सञ्चालन गरेकी थिइन ।

आन्य समाचारहरु:-
September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram