Listen Live: 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रङ्ग बदल्न सिपालु भएको आरोप

Radio Chitwan
आइतवार, फाल्गुन २१, २०७९

भरतपुर । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रङ्ग बदल्न सिपालु भएको आरोप लगाएका छन् ।

नेकपा ९एमाले० भरतपुर नगर कमिटीद्वारा शनिबार आयोजित कमिटीको विस्तारित बैठकमा प्रमुख अतिथि पोलिटव्युरो सदस्य बास्कोटाले कांग्रेसको पछि लागेर कम्युनिस्ट पार्टीहरुले समाजवाद ल्याउने नारा ‘काशी जाने कुतिको बाटो’ भएको बताए ।

नेता बास्कोटाले भने–‘प्रचण्ड र माधव नेपालले कम्युनिस्ट आन्दोलनको विर्सजन गरेका छन् । पार्टी फुटाउँदा लगेको सिटसमेत गुमाएर गठबन्धन गरेकाले नेकपा एस र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी ठूलो बनाउन नभई विर्सजन गर्ने बाटोमा लागेका छन् ।’

पार्टीलाई तल्लो तहसम्मै सुदृढीकरण, संगठन निर्माण, सदस्यता नवीकरण र छलफल प्रशिक्षणका लागि एमालेले देशैभर ग्रासरूट अभियान चलाउने क्रममा भरतपुरमा सो कार्यक्रम सञ्चालन भएको एमाले भरतपुर नगर अध्यक्ष शंकर थपलियाले बताए ।

कार्यक्रममा प्रमुख अतिथि बास्कोटासहित एमालेका केन्द्रीय सल्लाहकार हरि सापकोटा, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमलराज पाठकलगायतले मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram