राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा लगाएको ताला खुल्यो

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ मा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा लगाएको ताला आइतबार खुलेको छ ।
शनिबार साझ बसेको सर्बदलीय बैठकले सहमतीका आधारमा सो संस्थाको नयाँ नेतृत्व सहित कार्यसमिति चयन गर्ने सहमति भएपछि फागुन १७ गते गरिएको तालाबन्दी आइताबार खुलेको हो । सर्वदलीय बैठकले सो सहकारीमा पदको भागबण्डा गर्ने जिम्मेवारी रत्ननगरका मेयर प्रल्हाद सापकोटा र उपमेयर यादब प्रसाद पाठकलाई दिएको बुझिएको छ ।
निर्वाचन समितिले विभिन्न पदमा उम्मेदवारी दिएका ४० जनाको उम्मेदवारी खारेज परेपछि सो सहकारीको नयाँ नेतृत्व चयनमा विवाद देखिएको थियो । निर्वाचन समितिले क्षेत्राधिकार भन्दा बाहिर गएर उम्मेदवारी बदर गरेको भन्दै उम्मेदवारी दिएका मध्येहरुबाट केहीले सो सहकारीको कार्यालयमा तालाबन्दी गरेका थिए ।
उता निर्वाचन समितिले भने सहकारीले बनाएको निर्वाचन नीति अनुसार छानविन गर्दा सबै उम्मेदवारहरुले दिएको उम्मेदवारी कायम गर्न नमिल्ने भएकाले सोही अनुसार उम्मेदवारी बदर गरेको जनाएको थियो ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]