कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि चितवनका विद्यार्थी सङ्गठन दल दर्तासँगै आफ्नो तयारी तीव्र

चितवन। आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियू० को निर्वाचनका लागि चितवनका विद्यार्थी सङ्गठनले दल दर्तासँगै आफ्नो तयारी तीव्र पारेका छन् । त्रिभूवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीसँगै दल दर्ता गराएसँगै उनीहरु तयारीमा जुटेका हुन् ।
नेपाल विद्यार्थी सङ्घ चितवनका अध्यक्ष राजेश भुसालले स्ववियु निर्वाचन हुने जिल्लाका सबै क्याम्पसमा दल दर्ताको काम भइरहेको बताउनुभयो । निर्वाचनको तयारीस्वरुप सबै विद्यार्थी सङ्गठनले दल दर्ता गराइरहेका छन् । नेपाल विद्यार्थी सङ्घ जिल्लाले सबै क्याम्पसमा निर्वाचनको तयारीमा जुटेको उहाँको भनाइ छ ।
भुसालले भन्नुभयो, “एक दुई क्याम्पसमा निर्वाचन आयोग गठनको प्रक्रियामा रहेकाले केही समय लागेको छ । अन्य क्याम्पसमा दल दर्ताको काम भइरहेको छ ।” नेपाल विद्यार्थी सङ्घले आफ्ना गरेका कामका बारेमा जानकारी गराउँदै विद्यार्थीमाझ गएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठन र विद्यार्थीको सक्रियता बढेको छ ।” विद्यार्थी सङ्गठनबीच तालमेलका लागि केन्द्रमा प्रयास भइरहेको उल्लेख गर्दै उहाँले अहिले जिल्लामा सङ्गठन आआफ्नो तयारीमा लागेको जानकारी दिनुभयो । केन्द्रबाट निर्णय आएसँगै जिल्लामा पनि तालमेल हुने उहाँको भनाइ छ ।
नेकपा ९एमाले० निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० पनि दल दर्तासँगै निर्वाचनका लागि सक्रिय बनेको छ । आफ्ना गतिविधिलाई विद्यार्थी माझ पु¥याउँदै सक्रियता बढाएको अध्यक्ष प्रकाश कालाखेतीले जानकारी दिनुभयो ।
जिल्लामा स्ववियु निर्वाचन हुने १३ वटै क्याम्पसमा अखिलका विद्यार्थीको सक्रियता पहिलेको तुलनामा अहिले बढ्दै गएको उहाँको भनाइ छ । कालाखेतीले भन्नुभयो, “क्याम्पस क्याम्पसमा दल दर्तासँगै निर्वाचनका विषयमा छलफल र बहस भइरहेको छ ।” छलफलबाट उम्मेदवारको टुङ्गो लगाउन क्याम्पसमा रहेको आफ्नो सङ्गठनलाई निर्देशन गरिएको उहाँले जानकारी दिनुभयो ।
नेकपा ९माओवादी केन्द्र० निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीका जिल्ला इञ्चार्ज अविनाश रम्तेलले सबै सङ्गठन निर्वाचनका लागि दल दर्तामा व्यस्त भएको बताउनुभयो । निर्वाचनको मिति नजिकिँदै जाँदा सङ्घसङ्गठनले आफ्ना कार्यक्रम विद्यार्थीमाझ केन्द्रित गर्दै लगेको उहाँको भनाइ छ । सुरुआती समयमा २०६५ सालको स्ववियु निर्वाचनमा जस्तो विद्यार्थीमा उत्साह नदेखिएको भए पनि अहिले विस्तारै निर्वाचन केन्द्रित माहोल बन्दै गएको उहाँले बताउनुभयो ।
हरेक क्याम्पसमा आफ्ना गतिविधिलाई विद्यार्थीमाझ लैजाने काम भइरहेको छ। रम्तेलले भन्नुभयो । गठबन्धनको कुरा केन्द्रमा चलिरहेको उल्लेख गर्दै उहाँले केन्द्रको निर्देशनअनुसार आफूहरु अघि बढ्ने बताउनुभयो ।
त्रिभूवन विश्वविद्यालयले जारी गरेको निर्वाचन तालिका अनुसार यही फागुन १९ गते सङ्घ, सङ्गठन दर्ता, २१ गते मतदाता सूची प्रकाशित, २५ गते मतदाता सूचीउपर दाबी विरोध र अन्तिम नामावली प्रकाशन, २६ गते प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयन पत्र वितरण, फागुन २७ गते प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको नामावली दाखिला, प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
यस्तै फागुन २८ गते उम्मेदवारको नामावली उपर दाबी विरोध, दाबी विरोध उपर छानविन गरी उम्मेदवारको नामावली प्रकाशन, २९ गते नाम फिर्ता लिने, र अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको छ । आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका तय भएको छ । सामुदायिक क्याम्पसमा भने दल दर्ताको काम आज जारी छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]