काठमाडौं, असोज ६- नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल […]
रत्ननगर नगरपालिका वडा नं १५ मा प्रथम वडा स्तरीय नकआउट फुटवल प्रतियोगिता शनिबार देखि सुरु

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा प्रथम वडा स्तरीय नकआउट फुटवल प्रतियोगिता शनिबार देखि सुरु भएको छ ।
माधवपुर खेलकुद विकास समितिले आयोजना गरेको सो प्रतियोगिताको मेयर प्रल्हाद सापकोटाले एक औपचारिक समारोहका बीच उद्घाटन गरेका छन् । सो अबसरमा उनले स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए ।
वडा स्तरमा हुने विभिन्न खेलका प्रतियोगिताहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी जन्माउने उनको भनाई छ । खेलकुदले मान्छेलाई अनुसासित बनाउने भन्दै उनले युवाहरुलाई कुलतमा फस्नबाट खेलकुदले जोगाउने मेयर सापकोटाले बताए । उद्घाटन कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष आशिक तामाङले समग्र नगरको खेलकुदको विकासको लागि माधवपुरमा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको भन्दै यसले खास अर्थ राख्ने बताए ।
गाउँको बीचमा रहेको जग्गा भाडामा लिएर खैलमैदान निर्माण गरी प्रतियोगिता सुरु गर्नु चानचुने विषय नभएको उनको भनाई छ । सो प्रतियोगिता सञ्चालनको लागि वडा कार्यालयको विशेष सहयोग रहेको छ । प्रतियोगिता अन्तर्गत शनिवार वडा नं १४ र वडा नं १५ बीच प्रतिस्पर्धा भएको छ ।
१६ वटा टिमको सहभागिता रहेको सो प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार र दोस्रो हुने टिमले ३० हजार ५०० नगद पुरस्कार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । माधवपुर खेलकुद विकास समितिका अध्यक्ष गणेश लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु वालकृष्ण चापागाईँ, कुलप्रसाद सापकोटा, होमनाथ रानाभाट, हेमराज थापा लगायतको सहभागिता रहेको थियो ।
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]