Listen Live: 

चैते धान रोपाइँको सिजन सुरू भए पनि रासायनिक मल प्राप्त गर्न नसेको भन्दै चितवनका किसानले आन्दोलन सुरू

Radio Chitwan
आइतवार, फाल्गुन २१, २०७९

खैरहनी । चैते धान रोपाइँको सिजन सुरू भए पनि रासायनिक मल प्राप्त गर्न नसेको भन्दै चितवनका किसानले आन्दोलन सुरू गरेका छन् । चितवन खैरहनीका किसानले पर्याप्त मल पाउनुपर्ने माग गर्दै सडक जाम गरेर प्रदर्शनमा उत्रिएका हुन् । यस क्षेत्रको कतिपय ठाउँमा अहिले रोपाइँ भइसकेको छ ।

खैरहनीको कठार, कुमरोजलगायतमा रोपाइँ सुरू भएको छ । तर रोपाइँका लागि आवश्यक पर्ने रासायनिक मल सहज उपलव्ध हुन नसकेको भन्दै खैरहनी ९ र १० का किसानहरु आन्दोलित बनेका हुन् । उनीहरुले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिमलटाँडी चोकमा सवारी आवागमन अवरूद्ध गरेर करिब एक घन्टा प्रदर्शन गरेका थिए । उनीहरुले प्रतिकट्ठा २५० ग्राम मल पनि पाउन नसकेको बताएका छन् ।

खैरहनी–९ मा टोल विकास संस्थाहरुले सहजीकरणका लागि भूमिका खोजेर लगत संकलनको काम गरेको आरोप लागेको छ । पिपरा टोल विकास संस्थाका अध्यक्ष दुर्गा खरेलले वडा र नगरले आफूहरुलाई निर्देशन नदिएको स्पष्ट पार्दै सहजकर्ताका लागि भूमिका निर्वाह गर्न खोजेको बताए ।

खरेलका अनुसार आफ्नो वडामा चैते धान लगाउने क्षेत्रफल करिब ५० बिघा १५ कठ्ठा रहेको जानकारी दिए । एक कट्ठा खेती गर्ने देखि २–३ बिघा खेती गर्ने किसानलाई समान मल वितरण गर्न सुरू गरिएको थियो । एकै घरका सदस्यहरुले तीन÷चार ठाउँबाट मल लिएको गुनासो आएपछि समानुपातिक वितरण गर्न खोजिएको खरेलले बताए ।

किसानहरुले भने आवश्यक मल पाउन नसकेको भन्दै आन्दोलनमा उत्रनु परेको बताएका छन् । उनीहरुले राजमार्ग अवरूद्ध गर्दै एक पाउ मल चाहिँदैन, गोजीमा मल लगिँदैन, जनप्रतिनिधि मल सहज गर, किसानको माग पूरा गरलगायतका नारा लगाएका थिए ।

खैरहनी–९ पिपराकी किसान कविता पाठकले मल पाउन नसकेका किसानहरुको आक्रोशलाई गम्भीररुपमा लिनुपर्ने बताइन् । प्रतिकट्ठा कम्तीमा साँढे दुई किलो मल प्रयोग गर्नुपर्नेमा २५० ग्राममात्र उपलव्ध गराइएको भन्दै आक्रोशित किसानहरुले सडक अवरूद्ध गरेको उनले बताइन् । उनले ३५ कट्ठामा चैते धान लगाउने तयारी गरेकी छिन् ।

‘टोल विकास संस्थाले लगत संकलन गर्दा साँढे दुई किलो प्रतिकट्ठा माग ग¥यौँ, किसान पाठकले प्रश्न गर्दै भनिन्– ‘मल लिन जाँदा प्रतिकट्ठा २५० ग्राम दिइयो, यति मलले के गर्ने रु’ नगरपालिकालाई प्राप्त हुने मल नगरले वडाका सहकारी तथा एग्रोभेटहरुलाई मल पठाउने र वडाको समन्वयमा ती संस्थाहरुले किसानहरुलाई मल वितरण गर्दै आएका छन् ।

रासायनिक मल सहज उपलव्ध गराउनुपर्ने माग गर्दै खैरहनी–५ का किसानहरुले पनि केही दिनअघि नगरपालिका कार्यालयमा प्रदर्शन गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram