कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
न्यू होप एग्रो विजनेस नेपाल र भरतपुर–१६ को संयुक्त आयोजनामा भरतपुर–१६ का किसानलाई व्यवसायिक पशुपक्षी तालिम

भरतपुर । न्यू होप एग्रो विजनेस नेपाल र भरतपुर–१६ को संयुक्त आयोजनामा भरतपुर–१६ का किसानलाई व्यवसायिक पशुपक्षी तालिम दिइएको छ ।
कार्यक्रममा पशुपालनलाई फाइदाजनक बनाउन र व्यवस्थापन गर्न र बजारीकरणको बारेका किसानलाई जानकारी गराइएको थियो । किसानको लागत मूल्य कसरी घटाउने, कुखुरापालनबाट कसरी नाफा कमाउने बारेमा स्रोतव्यक्ति डा मनोज लामिछाने र डा सुवाु सापकोटाले सहजीकरण गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि भरतपुर–१६ का वडाध्यक्ष अमृतराज हमाल, अतिथिहरुमा जिल्ला दुग्ध सहकारी संस्था लि चितवनका सचिव कल्याण अधिकारी, पोल्ट्री व्यवसायी मञ्चका विज्ञ सदस्य विष्णुहरि शर्मा, पशु सेवा केन्द्रका प्रमुख बन्धु अधिकारी रहेका थिए ।
न्यू होप नेपालका पश्चिम चितवन म्यानेजर करुण भण्डारीले सञ्चालन गरेको कार्यक्रममको अध्यक्षता न्यू होप नेपालका नेशनल म्यानेजर हान विजुको सभापतित्व सम्पन्न भएको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

