Listen Live: 

नौमती बाजालाई व्यावसायिक बनाउँदै गुरूङसेनीहरु

Radio Chitwan
आइतवार, फाल्गुन २१, २०७९

भरतपुर । इच्छाकामना गाउँपालिकाको वडा नं–७ मा पर्छ, भालुमारे गाउँ । र, त्यही गाउँभित्रको एउटा टोल हो, सुन्दरबस्ती । सुन्दरबस्ती टोलभित्र पनि गुरूङ महिलाहरुको एउटा छुट्टै टोल छ, ‘तमूस्यो महिला समूह’ । सोही महिला समूह हिजोआज बाजा समूहमा रूपान्तरण भएको छ । किनकि उनीहरुले विगत केही वर्षयता नौमती बाजालाई व्यावसायिक पेसा बनाउन थालेका छन् ।

दस दिनसम्म साँझ खाना खाएपछि बाजा बजाउन सिकेका यहाँका महिलाहरुले अहिले नरसिंगा, सहनाई जस्ता अप्ठ्यारा हुने खालका बाजासमेत सहजै बजाउन सक्ने भएका छन् । समूहकी सहसचिव लालमाया गुरूङ भन्छिन्, ‘बजाउँदै जाँदा अभ्यस्त हुन थालेका छौँ ।’ गुरूङ महिलाहरुले बाजा बजाउन थालेपछि वरिपरिका शुभकार्यमा छुट्दैनन्, उनीहरु ।

चाहे बिहेभोज होस्, चाहे पूजाआजा होस्, बाजा बजाउन उनीहरुलाई नै बोलाउन थालेका छन् । टाढाटाढासम्म खबर नपुगेका कारण निम्तो नआए पनि नजिकका स्थानमा व्यावसायिक बाजा समूहबारे जानकारी भएकाले बोलाउन थालेका उनी बताउँछिन् । ‘गाउँ नै थर्काउने गरी जोर नरसिंगा बजाउँदा देख्नेहरु पनि अचम्म मान्छन्,’ उनी भन्छिन् ।

बाजा समूहमा हाललाई १२ जना तयार छन् । उनीहरु आफूआफूले सिकेका बाजा बजाउँछन् । ‘बाजामा धेरैथरीका ताल हुन्छन्, ती सबै जानिसकेका छैनौँ,’ उनी भन्छिन्, ‘बिस्तारै सिक्दै जाँदा सिकिएला भन्ने लागेको छ ।’ बाजामा हुने सबै ताल सिक्न सके यसलाई व्यावसायिकरुपमै दीगो पेसाको रूपमा अंगाल्न सकिने उनको भनाइ छ ।

यो महिला समूहलाई तमू ह्युल छोँज धीँ इच्छाकामना गाउँसमितिको पनि उत्तिकै सहयोग छ । बाजा समूहमा ह्युल छोँज धीँकै अध्यक्ष सन्तबहादुर गुरूङ पनि प्रत्यक्ष सहभागी छन् । महिलाहरुलाई चुलोचौका र मेलापात, घाँस दाउरामा सीमित हुन बाध्य भएको हुँदा त्यसभन्दा बाहिर निकाल्नको लागि पनि बाजा बजाउने पेसालाई रोजेको अध्यक्ष गुरूङले बताए ।

‘पुख्र्यौली कालमा दमाईले बजाउने बाजा गुरूङहरुले छुन पनि हुँदैन भन्थे । तर, समय र काल फेरिएपछि सबै कुरा समान रहेछ,’ उनी भन्छन्, ‘हिजो मुख जुठो नबनाइकन सियो छुन हुन्थेन भन्ने समाजले अहिले आफैँले कपडा सिउने पेसा बनाएको छ । त्यसैले हामीले पनि बाजा बजाउने पेशालाई रोज्यौँ ।’

गाउँपालिकाको आर्थिक सहयोगमा बन्यो समूह

बाजा बजाउन सिक्ने योजना बनेपछि गाउँपालिकाबाट आर्थिक सहयोगको लागि प्रस्ताव गरेका उनीहरुले गाउँपालिकाबाट बजेट पाएपछि एक थान बाजा खरिद गरे । र, दस दिनसम्म सिके । इच्छाकामना गाउँपालिकाबाट एक लाख ५० हजार रूपैयाँ बजेट पाएपछि गाउँलेले बाजाका सामग्री खरिद गरेको ह्युल छोँज धीँका अध्यक्ष सन्तबहादुर गुरूङले जानकारी दिए । त्यसबाहेक कालीखोला देउराली सामुदायिक वनको समेत प्रत्यक्ष सहयोगमा सबै काम सम्भव भएको उनको भनाइ छ ।

‘सबैतिरबाट सहयोग मिलेपछि सिक्नलाई साह्रै गाह्रो भयो । किनकि हामीले कहिल्यै नछोएको बाजा बजाउन सिक्दै थियौँ,’ उनले भने, ‘हरेक दिन सुत्ने बेलामा ताल न सुरको बाजा बजाउँदा गाउँलेलाई पनि समस्या प¥यो कि भनेर घरको पछाडि छेल पारेर पनि बजाउन सिकियो । सिक्नेहरुको मनमा चासो र जाँगर भएपछि सम्भव हुँदो रहेछ भन्ने कुरा आज प्रष्ट भएको छ ।’

यो बाजा समूहको प्रचारप्रसार भने हुन सकेको छैन । त्यसैले आफूहरुले सिकेको यो सीप र कलाबारे धेरै ठाउँमा जानकारी हुन नसकेको उनले बताए । ‘अहिले सामाजिक सञ्जालको जमाना छ, त्यसबाट पनि कतिपयले थाह पाएका छन्,’ उनी भन्छन्, ‘त्यसबाहेक सञ्चारमाध्यमको नजर पर्न पाए अझ राम्रो हुन्थ्यो भन्ने लागेको छ ।’

कुनै समय परियार समुदायले मात्रै बजाउने गरेको बाजा अहिले आएर सबैजसो समुदायले बजाउन थालेका छन् ।

परियारपछि मगर जाति बाजा बजाउनमा अन्य जातिभन्दा अगाडि छ । कतै क्षेत्री र कतै तामाङ जातिले पनि पञ्चेबाजा र नौमती बाजा बजाउन थालेका छन् । नेपालको मौलिक बाजा संरक्षणको लागि जाति नहेरिकन राज्य क्षेत्रबाटै पहल हुनुपर्ने बाजा संरक्षणकर्मीहरु बताउँछन् ।

आन्य समाचारहरु:-
September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram