Listen Live: 

नौमती बाजालाई व्यावसायिक बनाउँदै गुरूङसेनीहरु

Radio Chitwan
आइतवार, फाल्गुन २१, २०७९

भरतपुर । इच्छाकामना गाउँपालिकाको वडा नं–७ मा पर्छ, भालुमारे गाउँ । र, त्यही गाउँभित्रको एउटा टोल हो, सुन्दरबस्ती । सुन्दरबस्ती टोलभित्र पनि गुरूङ महिलाहरुको एउटा छुट्टै टोल छ, ‘तमूस्यो महिला समूह’ । सोही महिला समूह हिजोआज बाजा समूहमा रूपान्तरण भएको छ । किनकि उनीहरुले विगत केही वर्षयता नौमती बाजालाई व्यावसायिक पेसा बनाउन थालेका छन् ।

दस दिनसम्म साँझ खाना खाएपछि बाजा बजाउन सिकेका यहाँका महिलाहरुले अहिले नरसिंगा, सहनाई जस्ता अप्ठ्यारा हुने खालका बाजासमेत सहजै बजाउन सक्ने भएका छन् । समूहकी सहसचिव लालमाया गुरूङ भन्छिन्, ‘बजाउँदै जाँदा अभ्यस्त हुन थालेका छौँ ।’ गुरूङ महिलाहरुले बाजा बजाउन थालेपछि वरिपरिका शुभकार्यमा छुट्दैनन्, उनीहरु ।

चाहे बिहेभोज होस्, चाहे पूजाआजा होस्, बाजा बजाउन उनीहरुलाई नै बोलाउन थालेका छन् । टाढाटाढासम्म खबर नपुगेका कारण निम्तो नआए पनि नजिकका स्थानमा व्यावसायिक बाजा समूहबारे जानकारी भएकाले बोलाउन थालेका उनी बताउँछिन् । ‘गाउँ नै थर्काउने गरी जोर नरसिंगा बजाउँदा देख्नेहरु पनि अचम्म मान्छन्,’ उनी भन्छिन् ।

बाजा समूहमा हाललाई १२ जना तयार छन् । उनीहरु आफूआफूले सिकेका बाजा बजाउँछन् । ‘बाजामा धेरैथरीका ताल हुन्छन्, ती सबै जानिसकेका छैनौँ,’ उनी भन्छिन्, ‘बिस्तारै सिक्दै जाँदा सिकिएला भन्ने लागेको छ ।’ बाजामा हुने सबै ताल सिक्न सके यसलाई व्यावसायिकरुपमै दीगो पेसाको रूपमा अंगाल्न सकिने उनको भनाइ छ ।

यो महिला समूहलाई तमू ह्युल छोँज धीँ इच्छाकामना गाउँसमितिको पनि उत्तिकै सहयोग छ । बाजा समूहमा ह्युल छोँज धीँकै अध्यक्ष सन्तबहादुर गुरूङ पनि प्रत्यक्ष सहभागी छन् । महिलाहरुलाई चुलोचौका र मेलापात, घाँस दाउरामा सीमित हुन बाध्य भएको हुँदा त्यसभन्दा बाहिर निकाल्नको लागि पनि बाजा बजाउने पेसालाई रोजेको अध्यक्ष गुरूङले बताए ।

‘पुख्र्यौली कालमा दमाईले बजाउने बाजा गुरूङहरुले छुन पनि हुँदैन भन्थे । तर, समय र काल फेरिएपछि सबै कुरा समान रहेछ,’ उनी भन्छन्, ‘हिजो मुख जुठो नबनाइकन सियो छुन हुन्थेन भन्ने समाजले अहिले आफैँले कपडा सिउने पेसा बनाएको छ । त्यसैले हामीले पनि बाजा बजाउने पेशालाई रोज्यौँ ।’

गाउँपालिकाको आर्थिक सहयोगमा बन्यो समूह

बाजा बजाउन सिक्ने योजना बनेपछि गाउँपालिकाबाट आर्थिक सहयोगको लागि प्रस्ताव गरेका उनीहरुले गाउँपालिकाबाट बजेट पाएपछि एक थान बाजा खरिद गरे । र, दस दिनसम्म सिके । इच्छाकामना गाउँपालिकाबाट एक लाख ५० हजार रूपैयाँ बजेट पाएपछि गाउँलेले बाजाका सामग्री खरिद गरेको ह्युल छोँज धीँका अध्यक्ष सन्तबहादुर गुरूङले जानकारी दिए । त्यसबाहेक कालीखोला देउराली सामुदायिक वनको समेत प्रत्यक्ष सहयोगमा सबै काम सम्भव भएको उनको भनाइ छ ।

‘सबैतिरबाट सहयोग मिलेपछि सिक्नलाई साह्रै गाह्रो भयो । किनकि हामीले कहिल्यै नछोएको बाजा बजाउन सिक्दै थियौँ,’ उनले भने, ‘हरेक दिन सुत्ने बेलामा ताल न सुरको बाजा बजाउँदा गाउँलेलाई पनि समस्या प¥यो कि भनेर घरको पछाडि छेल पारेर पनि बजाउन सिकियो । सिक्नेहरुको मनमा चासो र जाँगर भएपछि सम्भव हुँदो रहेछ भन्ने कुरा आज प्रष्ट भएको छ ।’

यो बाजा समूहको प्रचारप्रसार भने हुन सकेको छैन । त्यसैले आफूहरुले सिकेको यो सीप र कलाबारे धेरै ठाउँमा जानकारी हुन नसकेको उनले बताए । ‘अहिले सामाजिक सञ्जालको जमाना छ, त्यसबाट पनि कतिपयले थाह पाएका छन्,’ उनी भन्छन्, ‘त्यसबाहेक सञ्चारमाध्यमको नजर पर्न पाए अझ राम्रो हुन्थ्यो भन्ने लागेको छ ।’

कुनै समय परियार समुदायले मात्रै बजाउने गरेको बाजा अहिले आएर सबैजसो समुदायले बजाउन थालेका छन् ।

परियारपछि मगर जाति बाजा बजाउनमा अन्य जातिभन्दा अगाडि छ । कतै क्षेत्री र कतै तामाङ जातिले पनि पञ्चेबाजा र नौमती बाजा बजाउन थालेका छन् । नेपालको मौलिक बाजा संरक्षणको लागि जाति नहेरिकन राज्य क्षेत्रबाटै पहल हुनुपर्ने बाजा संरक्षणकर्मीहरु बताउँछन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram