नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
सौराहामा कानुनी सचेतनाका लागि र्याली

चितवन, फागुन २५ सौराहामा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेतनामूलक ¥याली तथा कानुनी सचेतना गरिएको छ ।
रत्ननगर नगरपालिका वडा नम्बर ६ को सहयोगमा बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्था, सौराहा रेवान महिला समूह र सौराहा लेडिज जेसिजले संयुक्तरूपमा कार्यक्रम गरेका हुन् ।
सो अवसरमा ¥यालीले बछौली चोकबाट सुरु भएर सौराहा परिक्रमा गरी कानुनी सचेतना कार्यक्रम गरी समापन भएको थियो ।
समुदायमा महिला अधिकार, हिंसा न्युनीकरणको लागि सचेतना फैलाउँदै कानुनी उपचारको विषयमा समुदायस्तरमा चेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाकी व्यवस्थापक शारदा बिडारीले जानकारी दिइन् । कानुनी सचेतना कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का वडाध्यक्ष बलराम दाहालले गरिबी र अशिक्षाका कारण लैंगिक हिंसाको घटना बढ्दै गएको बताए । वडा नं ७ का वडाध्यक्ष राजन भट्टले तुलनात्मकरूपमा हिंसाको घट्ना कम हुँदै गएको भए पनि कानुन प्रभावकारी नहुँदा अन्त्य हुन नसकेको बताए ।
अधिवक्ता फूलमाया रानाभाटले कानुन कार्यान्वयनको पाटो फितलो भएको कारण लैंगिक हिंसाको घटना अन्त्य हुन नसकेको बताइन् । संस्थाकी अध्यक्ष बबिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता रानाभाटले महिला अधिकार, हिंसाको अवस्था, कानुनी प्रावधानलगायतको विषयमा सहभागीलाई प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा हरियाली समाज नेपाल बछौलीका अध्यक्ष गिरीधारी चौधरी, सौराहा सामुदायिक पुस्तकालयका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्ट, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष विद्या कोइराला, कार्यक्रम संयोजक माला दाहाल, सौराहा रेवानकी अध्यक्ष लक्ष्मी विडारी, सौराहा लेडिज जेसीजकी अध्यक्ष स्वप्ना पौडेल भण्डारीलगायतले मन्तव्य राखेका थिए ।
चितवन, भदौँ ५–एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भोलि (बुधबार) ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुँदैछ ।भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ को सम्पूर्ण तयारी पूरा भइसकेको छ […]
राप्ती । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले बिमा दर्ता कर्मचारीलाइ जनतासंग सहजीकरणको लागी निर्देशन दिएका छन । प्रमुख लामाले राप्तीमानै स्वास्थ्य विमा लागु हुने भएपछि स्वास्थ्य विमा अभिकर्तालाइ जनता […]
राप्ती । राप्ती नगर प्रमुख शमशेर लामाले दिवा खाजामा एक रुपता ल्याउन निर्देशन दिएका छन । विहिवार नगर भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंगको छलफलमा नगर प्रमुख लामाले सवै विद्यालयमा एक रुपता […]