चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
जिल्ला प्रहरी कार्यालय चितवनले सभ्य र सुरक्षित तवरले होली पर्व मनाउन आग्रह

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सभ्य र सुरक्षित तवरले होली पर्व मनाउन आग्रह गरेको छ । फागुन २२ गते पहाडी भेग र फागुन २३ गते तराई भेगमा होली पर्व मनाइँदै छ । चितवनमा भने दुवै दिन होली मनाउने गर्छन् ।
होलीको समयमा विगतका वर्षमा विभिन्न घटनाहरु भइरहेकाले सचेत रहन प्रहरीले आग्रह गरेको हो । होलीको नाममा कुनै अप्रिय र उश्रृङ्खल गतिविधि हुन नदिन प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
कसैको इच्छा विपरित रङ, लोला, मोबिल, मोसो, अण्डा, केमिकल र फोहोर पानी नछ्याप्न आग्रह गरिएको उनले बताए । त्यस्तै, महंगा गरगहना लगाएर होली नखेल्न, अपरिचित मानिसले दिएको खानेकुरा नखान, मादक पदार्थ सेवन नगरी ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।
अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक र पर्यटकलाई कुनै किसिमको दुर्व्यवहार नगर्न, रेलिङ नभएको घरको छत र सडकमा होली नखेल्न र भिडभाड हुने स्थानमा पकेटमार तथा लुटपाटका घटनाका सम्भावना हुने भएकाले सावधानी अपनाउन चितवन प्रहरीले आग्रह गरेको छ ।
होली पर्वको नाममा कसैले गैरकानुनी कार्य गरेको पाएमा प्रहरीको नियन्त्रण कक्ष नम्बर १००, ट्राफिक प्रहरी नियन्त्रण कक्ष नम्बर १०३ र जिल्ला प्रहरी कार्यालय चितवनको नम्बर ०५६–५९४८५५, ९८५५०९०१३३ मा खबर गर्न प्रहरीले भनेको छ ।
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]