Listen Live: 

 चितवनको इच्छाकामना गाउँपालिकाले धूमपान र मद्यपान गर्ने व्यक्तिलाई सार्वजनिक बहिष्कार गर्नुपर्ने निर्णय

Radio Chitwan
शुक्रबार, फाल्गुन १९, २०७९

भरतपुर । पछिल्लो समय धूमपान र मद्यपानजस्ता कुलतमा युवापुस्ताको सहभागिता बढ्दै गएको देखिन्छ । अभिभावकबाट सचेत नगराउँदा सार्वजनिक स्थलमै खुलेआम धूमपान गर्दै हिँडिरहेको हामी प्रशस्तै देख्न सक्छौँ । होटल तथा चिया पसलहरुमा समेत धूमपान गर्नेहरुमा युवापुस्ता नै बढी देखिन्छन् । अझ क्याम्पस पढ्दै गरेका किशोरकिशोरी शैक्षिक पोसाकमै निर्धक्क धूमपान गरिरहेका हुन्छन् ।

समाजमा विकृति फैलिँदै जाँदा चितवनको इच्छाकामना गाउँपालिकाले भने धूमपान र मद्यपान गर्ने व्यक्तिलाई सार्वजनिक बहिष्कार गर्नुपर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकबाटै निर्णय गरेर सामाजिक संस्कारहरुमा बढ्दै गएको धूमपान र मदिरापानलाई रोक्न पालिकाबाटै प्रयास गरिएको गाउँपालिकाले जनाएको छ ।

धूमपान र मदिरापानकै कारण सामाजिक संस्कार खर्चालु र महँगो बन्दै गएपछि गाउँपालिकाले निर्णय नै गरेर नियन्त्रण गर्ने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए । ‘विवाह, छेवर, गुन्यूचोलीजस्ता सामाजिक संस्कारका नाममा अत्यधिक मात्रामा खर्च गरेर बजारबाट महँगा मदिरा लैजाने क्रम बढेको हुँदा त्यसलाई न्यूनीकरण गर्न पनि पालिकाले कदम चालेको हो’, उनले भने, ‘यसलाई बिस्तारै कार्यान्वयनमा लैजानुपर्छ ।’

पाहुनालाई खुसी पार्ने बहानामा जाँडरक्सीजस्ता मदिराको प्रयोग अत्यधिक बढ्दै जाँदा सामान्य परिवार सामाजिक क्रियाकलापबाट टाढा रहनुपर्ने बाध्यात्मक परिस्थिति नै सिर्जना हुने गरेको उनले बताए । आर्थिक एवम् स्वास्थ्यका दृष्टिकोणबाट नोक्सानमात्रै हुने वस्तुको प्रयोगमा अङ्कुश लगाउनैपर्ने पालिकाले जनाएको छ । ‘त्यसैले धूमपान र मद्यपानबिनै पनि सामाजिक संस्कार चलाउन सकिन्छ भन्ने सन्देश दिन जरूरी छ’, गाउँपालिकाका अध्यक्ष गुरूङले भने, ‘सार्वजनिकरुपमै धूमपान तथा मद्यपानलाई कानुनले पनि वर्जित गरेको कुरा हो । त्यसैले, यस्ता दण्डनीय काम हुनबाट रोक्न गाउँपालिकाले प्रयास थालेको हो ।’

सबैको साथ र सहयोगबाट गाउँपालिकाको कदममा मद्दत पुग्ने उनको भनाइ छ । सामाजिक संस्कारका क्रममा धूमपान तथा मद्यपान गर्नेहरुलाई सामाजिकरुपमै बहिष्कार गर्दै जाने हो भने बिस्तारै घट्दै जाने उनको भनाइ छ । ‘विभिन्न उत्सवको बहानामा अत्यधिक मद्यपान गर्ने विषयलाई सामाजिक अपराधको रुपमा लिनुपर्छ’, उनले भने, ‘त्यसैले त्यस्ता व्यक्तिलाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन नदिने वातावरण समाजबाटै सिर्जना गर्नु आवश्यक छ ।’

सार्वजनिकरुपमै धूमपान तथा मद्यपान गर्ने र समाजमा भाँडभैलो फैलाउन खोज्ने जोकसैलाई दण्ड जरिवाना र कानुनबमोजिम सजाय गराउने गाउँपालिकाले जनाएको छ । पालिकाले सार्वजनिकरुपमा सूचना नै जारी गरेर कुनै पनि सामाजिक कार्यमा धूमपान र मद्यपानजस्ता स्वास्थ्यका लागि घातक वस्तुको सेवन नगर्नरनगराउन पनि पालिकावासीलाई आग्रह गरेको छ ।

इच्छाकामना गाउँपालिका आदिवासी जनजाति समुदायको बाहुल्यता भएको पालिका भएकोले पनि मदिराको प्रयोग बढ्दै जाँदा त्यसले समस्या निम्त्याएको पालिकाले जनाएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram