Listen Live: 

भरतपुरमा अपाङ्गता भएका व्यक्तिको शैक्षिक अधिकार कार्यान्वयनका लागि नगर शिक्षा नीतिमा समावेश गरिने नीतिगत मस्यौदा उपर छलफल

Radio Chitwan
शुक्रबार, फाल्गुन १९, २०७९

भरतपुरमा अपाङ्गता भएका व्यक्तिको शैक्षिक अधिकार कार्यान्वयनका लागि नगर शिक्षा नीतिमा समावेश गरिने नीतिगत मस्यौदा उपर छलफल भएको छ ।

अपाङ्ग समाज चितवनको आयोजना तथा अटिजम केयर चितवन सोसाइटीको प्राविधिक सहयोगमा भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा कृयाशिल अपाङ्गता भएका व्यक्तिका संघसंस्थाहरुबीच आज छलफल भएको हो ।

छलफलमा अपाङ्ग समाज चितवनले समावेशी शिक्षा कार्यान्वयनका लागि बनेको जिल्लागत योजनामा गरेका प्रगतिहरु र अटिजम केयर चितवन सोसाइटी तथा राष्ट्रिय बहिरा महासंघले सञ्चालन गरेको समावेशी शिक्षा परियोजना अन्तर्गतका योजनामा प्रगतिको विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

आपसी अन्तरक्रियाले चितवन जिल्लामा कृयाशिल अपाङ्गता भएका व्यक्तिहरुको शिक्षाको अधिकार सुनिश्चित गर्नका लागि नगर शिक्षा समितिमा पहल गर्ने निर्णय गरेको छ । त्यस्तै संघसंस्थाको बैठकले पालिकास्तरमा समावेशी शिक्षाको व्यवस्थाको लागि आवश्यक जनशक्ति निर्माण तथा तालिमको माग गर्नका लागि आवश्यक पहल लिने निर्णय पनि गरेको छ ।

छलफलमा अपाङ्गता उत्थान जिल्ला समन्वय समितिका संयोजक तथा बौद्धिक अपाङ्गताको अभिभावक संघका अध्यक्ष निर्मलकुमार श्रेष्ठ, चितवन बहिरा संघको कार्यसमिति सदस्य जीवन रानाभाट, दोभाषे सीता सापकोटा, चितवन नेत्रहिन संघका कोषाध्यक्ष दिपक खनाल, सुषुम्ना नाडी घाइते मैत्री समाज चितवनको अध्यक्ष लक्ष्मी अधिकारी, अपाङ्ग जागरण अभियानका शिक्षा समिति संयोजक पूर्णकान्त कोइराला, अटिजम केयर चितवन सोसाइटीको अध्यक्ष निर्मला डल्लाकोटी, हेमोफेलिया सोसाइटी बागमती प्रदेशका अध्यक्ष सन्तोष वाग्ले, कालिका नगर अपाङ्गता समन्वय संस्थाको उपाध्यक्ष चन्द्रकुमारी पौडेल, अपाङ्गता अधिकार संरक्षण केन्द्र नेपालका अध्यक्ष यमप्रसाद सुवेदीलगायत २६ जनाको सहभागिता रहेको थियो । छलफल अपाङ्ग समाज चितवनका अध्यक्ष होमनाथ अधिकारीको अध्यक्षतामा भएको हो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram