चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
माडी नगरपालिकामा सूर्यमुखी फूलको व्यवसायिक खेती बढ्दै

चितवन । माडी नगरपालिकामा सूर्यमुखी फूलको व्यवसायिक खेती बढ्दै गएको छ ।
माडी(१ का पूर्ववडाध्यक्ष कृष्ण पौडेलसहितको समूहले गत वर्षदेखि माडी(१, लक्ष्मुनियामा सामूहिक रुपमा व्यवसायिक रुपमा सूर्यमुखी फूलखेती थालेको हो । सो खेतीमा सूर्यमुखी महिला किसान समूह र काठमाडौँको हिमालय अर्गानिक गार्डेनको समेत सहभागिता रहेको छ ।
त्यसबाहेक पौडेलले माडी(२, पर्साफाँटमा आफ्नै साढे दुई बिघा जग्गामा पनि सूर्यमुखी खेती गर्नुभएको छ । उत्पादन, प्रशोधन र बजारीकरणमा बिचौलियालाई प्रवेश गर्न नदिने गरी सूर्यमुखीको खेती गरिएको पौडेल बताउनुहुन्छ । प्राङ्गारिक मलको प्रयोग गरी गरिएको खेती राम्रोसँग सप्रिएको पनि छ ।
अब माडीमै सूर्यमुखीको तेल ब्रान्डिङसहित प्रशोधन गर्ने पौडेलको भनाई छ । तेल प्रशोधनका लागि बागमती प्रदेश सरकारले माडी नगरपालिका मार्फत २० लाख रूपैयाँ अनुदान समेत दिएको छ । सूर्यमुखी खेती भएको स्थान सामाजिक सञ्जालमा भाइरल समेत भएको छ, जसलाई हेर्ने, फोटो खिच्ने र टिकटक बनाउनेको संख्या बढिरहेको छ ।
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]