Listen Live: 

चितवन र नवलपुर जोड्ने नारायणी पुलमा ‘स्मार्ट’ सडक बत्ती जडान

Radio Chitwan
शुक्रबार, फाल्गुन १९, २०७९

चितवन, फागुन १९–

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन र नवलपुर जोड्ने नारायणी पुलमा ‘स्मार्ट’ सडक बत्ती जडान गरिएको छ । गएको जेठमा आएको हावाहुरीले पुलमाथिका विजुलीका पोल भाँचिएका थिए ।

नेपाल विद्युत प्राधिकरणले नारायणी पुलमा जडान गरेको स्मार्ट सडक बत्तीको बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् ।

उनले कम्प्युटरमार्फत स्वीच अन गरेर सडक बत्ती उद्घाटन गरेकी हुन् । यी सडक बत्ती सफ्टवेयरमार्फत बाल्न र निभाउन सकिने प्राधिकरणले जनाएको छ ।

करिब ५ सय मिटर लामो पुलमा ११ वटा स्मार्ट बत्ती जडान भएको नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाले जनाएको छ । प्राधिकरणको केन्द्रीय कार्यालयबाट सडक बत्ती जडानको काम भएको भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिए ।

नारायणी पुलमा केन्द्रबाट स्मार्ट बत्ती राख्ने काम भएको हो । अहिले इन्स्टलेशन फेज छ । पछि हस्तान्तरण भएपछि भरतपुरबाटै सफ्टवेयरमार्फत बाल्न र निभाउन सकिन्छ’, उनले भने ।

भरतपुर महानगरपालिकाको ‘उज्यालो भरतपुर’ कार्यक्रम अन्तर्गत विद्युत प्राधिकरणले भरतपुरका विभिन्न सडकमा ‘स्मार्ट लाईट’ जडान गर्ने काम गरिरहेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram