चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
चितवनको नारायणी किनारमा ह्विलचियर प्रयोगकर्ताहरुले र्याली

चितवन, फागुन १८–
चितवनको नारायणी किनारमा ह्विलचियर प्रयोगकर्ताहरुले र्याली गरेका छन् ।
अपाङ्ग समाज चितवन र सुषुम्ना नाडी घाइते मैत्रीय समाज चितवनको संयुक्त आयोजनामा नारायणगढको नारायणी तीरलाई पहुँचयुक्त पर्यटन स्थल होस् भन्ने उद्देश्यले ह्विलचियर प्रयोगकर्ताहरुले बुधबार र्याली गरेका हुन् ।
र्यालीमा १५ जनाको सहभागिता रहेको थियो । सहभागीहरुले नारायणी तटलाई प्राकृतिक र सबैको लागि पहुँचयुक्त बनाउनका लागि सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताए ।
ह्विलचियर प्रयोगकर्ताहरु एक आपसमा भेटघाट तथा अन्तरक्रिया गर्नाले उनीहरुको जीवनमा आइपरेका चुनौती र सोको समाधानका लागि एक अर्काले गरिरहेका प्रयासको विषयमा जानकारी हुने हुँदा आपसी मित्रतामा वृद्धि हुने र जीवन नै सकियो भन्नेहरुलाई बाँच्ने हौसला प्राप्त हुने ह्विलचियर प्रयोगकर्ता अमृत अधिकारीले बताए । पहुँचयुक्त भौतिक संरचना र पूर्वाधार ह्विलचियर प्रयोगकर्ताहरुको मात्र नभई सबैको साझा मुद्दा हुनुपर्नेमा नागरिक समाजका प्रतिनिधिहरुले यस विषयलाई बेवास्ता गरेको ट्राइसाइकल प्रयोगकर्ता रचना थापाले बताइन् ।
पहुँचयुक्त बैंकिंङ प्रणालीका लागि अपाङ्ग समाजको ध्यानाकर्षण
१५ औँ अन्तर्राष्ट्रिय ह्विलचियर दिवसको अवसरमा अपाङ्ग समाज चितवनले नेपाल बैँकर्स एशोसिएसन बागमती प्रदेशको अध्यक्ष विष्णु रेग्मीसहितको पदाधिकारीहरुको समूहलाई भेटी पहुँचयुक्त बैंकिङ प्रणाली तथा पूर्वाधारहरुको व्यवस्थाको लागि ध्यानाकर्षण गराएको छ ।
बैँकहरुको भौतिक संरचना पहुँचयुक्त नहुँदा अपाङ्गता भएका व्यक्तिहरुको समुदायले विभेद तथा बञ्चितिमा परेको महसुस गरिरहेका छन् । बैँकको भौतिक संरचना मात्र नभई सेवाग्राहीको सहयोगी डेस्क तथा समग्र बैँकिङ सेवामा अपाङ्गता भएका व्यक्तिहरुले पहुँच पु¥याउन नसकेकोमा अपाङ् समाज चितवनले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
बैँकद्वारा बित्तीय साक्षरता तालिममा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चितता गर्नुपर्ने, एटीएम बुथहरु ह्विलचियर तथा सहायक सामग्री मैत्री बनाउनुपर्ने, दृष्टि तथा श्रवणसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुलाई कार्यालय सहायक मार्फत् बैँकिङ सेवामा पहुँच पु¥याउनुपर्ने लगायत माग गर्दै अपाङ्ग समाज चितवनका अध्यक्ष होमनाथ अधिकारीसहितका पदाधिकारीहरुले उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ह्विलचियर दिवस मनाइयो
उपयुक्त व्ह्लिचियर, सुरक्षित र पहुँचयुक्त आवागमन, हाम्रो अधिकार भन्ने मूल नाराको साथ आज १५ औ अन्तर्राष्ट्रिय व्हिलचियर दिवस भरतपुरमा मनाइएको छ । अपाङ्ग समाज चितवन र सुषुम्ना नाडी घाइते मैत्रीय समाज चितवनको संयुक्त आयोजनामा भरतपुर महानगरपालिकाको प्राङ्गढमा उक्त दिवसको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान गरी मनाइएको हो । कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले यस दिवसले सबैमा सकारात्मक भावना, समानुभूति र सुसंस्कृत चेतनाको विकास होस् भनी शुभकामना दिएका छन् ।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]