Listen Live: 

चितवनको इच्छाकामना गाँउपालिकाको मुग्लिन बजारको राजमार्ग छेउछाउ फोहोरले प्रदूषित

Radio Chitwan
बिहिबार, फाल्गुन १८, २०७९

चितवन, फागुन १८

चितवनको इच्छाकामना गाँउपालिकाको मुग्लिन बजारको राजमार्ग छेउछाउ फोहोरले प्रदूषित भएको छ ।

मुग्लिन पुल वरपर प्लास्टिकजन्य फोहोर र पानीका बोत्तल थुप्रिएका छन् । बिगत एक वर्षदेखि पुल वरपर प्लास्टिकजन्य फोहोर र पानिका बोत्तल थुप्रिँदा पनि सरोकारवालाहरुको ध्यान गएको छैन । यस क्षेत्रको फोहोर व्यवस्थापन नहुँदा खोला प्रदूषित हुनुका साथै फोहोरको दुर्गन्धले पुलमा यात्रा गर्ने जोकोहीले नाकमुख थुनेर हिँड्नुपर्ने बाध्यता छ । यसले पुललाई दुर्गन्धित एवम् फोहोर बनाएको छ ।

इच्छाकामना गाँउपालिकाका प्रमुख दानबहादुर गरुङले पुल वरपरको प्लास्टिकजन्य फोहोर व्यवस्थापन नहुँदा खोला प्रदूषित हुनुका साथै जनजीवन प्रभावित भएको बताए । उनले पुल वरपरको फोहोर तत्कालै व्यवस्थापन गर्ने बताएका छन् । उनले भने, ‘पुल वरपरका फोहोर विगत एक वर्षदेखि थुप्रिएको हो, यही फोहोर व्यवस्थापनको लागि ईको फेमिली संस्थासँग सम्झौता गरेका छौँ ।’ अबको एक महिनाभित्रमा त्यस ठाउँको फोहोर व्यवस्थापन गर्ने उनले बताए ।

उनले भने,‘काठमाडौ पोखरा र चितवन जोड्ने क्षेत्र भएकाले विभिन्न ठाउँबाट यही बाटो हुँदै जाने भएकाले यात्रा गर्ने यात्रीले अथवा पैदालयात्रीले जथाभावी प्लास्टिकजन्य फोहोर फ्याक्ने गर्छन् ।’ जनमानसमा जनचेतनाको कमी भएर जथाभावी फोहोर फ्याक्ने गरेको उनको भनाइ छ । उनले पालिकामा दैनिक निःशुल्क फोहोर उठाउँने गरेको जानकारी दिए । पालिकाबाट आएको फोहोर कुरिनटारको डम्पिङ साइटमा लगेर व्यवस्थापन गरिने बताए । उनले पालिकाको फोहोर व्यवस्थापनका लागि एउटा ट्रक र पाँच जना कर्मचारी खटाएको जानकारी दिए । फोहोर मैला व्यवस्थापनका लागि पालिकाले चालु आर्थिक वर्षमा २४ लाख रुपैयाँ बजेट विनियोजन गरेकोे जानकारी दिए ।

गाँउपालिकाका प्रशासकीय अधिकृत जगत भुसालले पुल वरपरको फोहोरको बारेमा आफूलाई जानकारी नभएको बताएका छन् । आफू अधिकृत हुनु भन्दा अगाडिको फोहोर भएको हुन सक्ने उनको भनाइ रहेको छ । उनले त्यस ठाउँको अनुसन्धान गरी त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफू अधिकृत भएर आइसकेपछि फोहोर व्यवस्थापन दैनिक भइरहेको बताए । उनले भने, ‘अहिलेसम्म फोहोर व्यवस्थापन नभएको भनेर पालिकाबाट गुनासो आएको छैन, पालिकाबाट दैनिक फोहोर उठेका छन् ।’ दैनिकरुपमा प्रत्येक घरघरमा पुगेर फोहोरमैला उठाएर कुरिनटार डम्पिङसाइटमा पु¥याएर व्यवस्थापन हुने उनले बताए । पालिकामा दैनिकरुपमा एक टन फोहोरमैला उत्पादन हुँदै आएको छ ।

ईको फेमिलीका सदस्य सुजन ढकालले फोहोर मैला प्रशोधन गर्ने मेसिन राख्ने ठाउँको व्यवस्थापन नहुँदा फोहर व्यवस्थापन गर्न समस्या परेको बताए । उनले हाल ल्याण्ड फिल साइडको निर्माण भइरहेको जानकारी दिए । मेसिन बनिसकेपछि प्लास्टिकजन्य फोहोरलाई पेलेर मोजाइक टायल बनाउने उनले जानकारी दिए । उनले भनेका छन्, ‘चैत १५ सम्ममा त्यस ठाँउको फोहोर व्यवस्थापन हुन्छ ।’ लामो समयदेखिको थुप्रिएको त्यस ठाँउको फोहोरकोे व्यवस्थापनमा ईको फेमिली निरन्तर लागि परेको जानकारी दिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram