राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
नारायणी नदी संरक्षणमा उच्च प्राथमिकता दिइ काम थालनी

भरतपुर महानगरपालिकाले नारायणी नदी संरक्षणमा उच्च प्राथमिकता दिइ काम थालेको छ ।यस अन्तर्गत नरायणी पुलको उत्तरतर्फको नदी किनारमा छ सय ४० मिटर तटबन्ध गर्न लागिएको हो ।
महानगरप्रमुख प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नारायणी नदी संरक्षण र आरतीस्थलको आज यहाँ शिलान्यास गर्नुभयो । सो अवसरमा महानगर प्रमुख दाहालले नदी संरक्षण अन्तर्गत पाँच चरणमा काम हुने र संरक्षणले महानगरवासीलाई सुरक्षित बनाउने बताउनुभयो ।
उहाँले भन्नुभयो “नारायणी पुलमाथिको छ सय ४० मिटरको काम सुरुआत भएको छ । अन्य चार क्षेत्रको समेत सम्झौता भई काम अघि बढेको छ ।” यहाँको पर्यटकीय क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।
उपप्रमुख अधिकारीले धार्मिक पर्यटनको संरक्षणका लागि नयाँ योजना सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“धार्मिक पर्यटनलाई महत्व दिँदै महानगरले काम गरिरहेको छ ।”
नारायणी नदी व्यवस्थापन आयोजनाले रु १५ करोड ९२ लाखका लागतमा नरायणी पुलको उत्तरतर्फको नारायणी नदी किनारमा छ सय ४० मिटर तटबन्ध गर्न लागेको हो । यसका लागि गत पुस पाँच गते ठेक्का सम्झौता भई डाइनामिक कन्स्ट्रक्सन प्रालिले बोलपत्र सकार गरी काम गरिरहेको आयोजनाका निर्देशक गणेश मरासिनिले जानकारी दिनुभयो । उहाँका अनुसार हरियाली सहितको तटबन्ध गरिने छ । यो काम सम्पन्न गर्नका लागि १८ महिनाको समय दिइएको छ ।
यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण सुरु गरेको हो । अठ्ठाइस मिटर लम्बाइ र पाँच मिटर चौडाइ रहेने सो स्थलको निर्माण सम्पन्न गर्नका लागि रु एक करोड ७५ लाखमा ठेक्का सम्झौता भई काम अघि बढेको आयोजनाका प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार जमिनको सतहबाट केही मिटर अग्लो बनाइने आरतीस्थलमा ढुङ्गा छापिने छ । आरतीस्थलको बाहिरी भागमा ‘मोज्याक टायल’ लगाइने छ । आरतीस्थल, देवघाटमा बसपार्क र महानगरभित्रका विभिन्न ठाउँका १८ किलोमिटर सडक कालोपत्र एक साथ ठेक्का सम्झौता गरिएको छ । रु ४१ करोड १९ लाखमा ठेक्का लगाइएको हो ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]