कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
तनहुँको आँबुखैरहनी–दमौली सडकखण्ड रातिको समयमा दैनिक ४ घण्टा बन्द हुने

चितवन, फागुन १८(
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरहनी–दमौली सडकखण्ड भित्तो काट्ने काम गर्नुपर्ने भएकाले आजदेखि १० दिन रातिको समयमा दैनिक ४ घण्टा सडक बन्द हुने भएको छ ।
मुग्लिन–पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँका अनुसार बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्नु पर्ने भएकोले राति १२ बजेदेखि बिहान चार बजेसम्म राजमार्ग बन्द हुन लागेको हो । आयोजनाले सो समयभन्दा अगाडि वा पछाडि मात्रै यात्रा गर्न अनुरोधसमेत गरेको छ ।
आयोजनाका प्रमुख नगेन्द्र सुवेदीले सो खण्डमा डाइभर्सन बनाउने ठाउँ नभएको र भित्ता काट्नुपर्ने काम भएकाले रातिमा राजमार्ग नै बन्द गरेर सडक विस्तारको कामलाई गति दिन लागेको बताए । उनका अनुसार दिउँसोको भन्दा रातिमा सवारीको चाप कम हुने हुँदा रातको समयलाई प्राथमिकतामा राखिएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

