कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
ऋण तिर्न नसकेपछि लघुवित्तका सञ्चालक र कर्मचारीहरुले ज्यान मार्नेसम्मको धम्की दिने गरेको पीडित महिलाहरुले गुनासो

नवलपुर । गृहणी महिलाको आम्दानीको स्रोत बढ्ने, श्रीमान्को कमाइमा आश्रित हुनु नपर्ने, आफ्नो कमाइ भएपछि पारिवारिक हिंसा अन्त्य हुने भन्दै लघुवित्तीय संस्थाबाट ऋण लिएका महिलाहरु अहिले लघुवित्त संस्थाबाट हिंसामा पर्न थालेका छन् । उनीहरुले ऋण तिर्न नसकेपछि लघुवित्तका सञ्चालक र कर्मचारीहरुले ज्यान मार्नेसम्मको धम्की दिने गरेको पीडित महिलाहरुले गुनासो गरेका छन् ।
सुरूको समय जतिबेला नेपालमा लघुवित्त संस्थाहरु गाउँ–गाउँमा महिला लघु उद्यमी बढाउने भन्दै टोल–टोलका महिला समूह बनाएर गाउँमा पसे त्यतिबेला उनीहरुले महिला उद्यमीहरुलाई लघु उद्यमी बनाउने सपना बाँड्न थाले । सपना बाँडे, ऋण बाँडे तर लघु उद्यमी बन्ने तरिका भने सिकाएनन् ।
आर्थिकरुपमा पिल्सिएका महिलाहरु धेरथोरै आफ्नै कमाइ हुने भएपछि नुनतेल, तरकारी किन्न श्रीमान्, सासूससुराको अगाडि हात पसार्न नपर्ने सपना देखेपछि उनीहरु लघुवित्तले बनाएको महिला समूहहरुमा सहभागी भए । शेयर खरिद गर्ने, मासिक बचत गरेर बिस्तारै सानो–सानो कर्जा लिएर घरखर्च चलाउँदै पनि जान थाले । त्यो ऋण बिस्तारै बढ्दै जान थालेपछि गाउँमै अर्को लघुवित्तले खोलेको समूह तथा सहकारीले खोलेका समूहमा सहभागी हुन थाले र एउटाको ऋण तिर्न अर्कोमा ऋण लिने गर्न थाले । यसरी उनीहरु सहभागी भएका लघुवित्तको संख्या बढ्न थाल्यो ।
लघुवित्तको संख्या बढेसँगै ऋण लिनेक्रम पनि बढ्न थाल्यो । ऋणको भार पनि थपिँदै गयो । कोभिड–१९ को अगाडि अवस्थासम्म सामान्य रहेको स्थिति अहिले बिस्तारै आर्थिक मन्दी छाउन थालेपछि उनीहरुले ऋणको किस्ता तिर्न सरसापट पनि पाउन छाडे । त्यसपछि सुरू भयो लघुवित्त र सहकारीका सञ्चालक र कर्मचारीको हिंसा । लघुवित्तीय संस्थाबाट आफूहरुलाई ज्यादती भएको भन्दै अहिले देशभरका महिलाहरु आन्दोलितसमेत भएका छन् ।
अहिले त्यो हिंसा चरम उत्कर्षमा पुगेको छ । कतिपय महिलाहरुले उक्त हिंसा सहन नसकेर आत्महत्यासम्म गर्न थालेका छन् । लघुवित्त संस्थाका सञ्चालक र कर्मचारीको हिंसाकै कारण कतिपय महिलाहरुले आत्महत्या गरेको र कतिपय घरबार नै छाडेर पलायन हुनु परेको लघुवित्तीय संस्थापीडित संघर्ष समिति नवलपुरका संयोजक नर्मदा रानाभाटले बताइन् । उनले भनिन्, ‘कतिपयले त ऋण तिर्न नसके मर, ऋण मिनाहा हुन्छसमेत भन्ने गरेका छन् ।’
त्यसो त, लघुवित्तीय संस्था, सहकारी, बैंकहरुमा ऋणीको निधन भएको खण्डमा ऋण मिनाहा हुने प्रावधानका कारण पनि कतिपयले आत्महत्या गरेका छन् भने कतिपयलाई जबर्जस्त आत्महत्या गर्न लगाउने गरेको उदाहरण पनि बाहिर आउन थालेको छ । नवलपुरकी गैँडाकोट निवासी मध्यविन्दु नगरपालिका–८, पनौती निवासी माया दमाईले पनि यस्तै नियति भोगेकी छन् । आफूले लिएको ऋण तिर्न नसकेपछि उनका पढ्ने उमेरका तीन छोरा रोजगारीका लागि भारत पसेका छन् ।
उनी भन्छिन्, ‘मैले ऋण तिर्न नसकेपछि मलाई मर्नसमेत लगाइएको छ भने छोरीलाई यौनधन्दामा लगाउन लगाइयो ।’
कतिपय महिलालाई किस्ता रकमको केही रकम नपुग्दा दिनभर लघुवित्तीय संस्थाको कार्यालयमै कोठामा थुनेर राखेको अनुभवसमेत पीडित महिलाहरुले सुनाए । गैँडाकोटकी महिला दिलकुमारी गुरूङले एकपटक आफूले ६ हजार किस्ता तिर्नु परेको बेला एक हजार अपुग हुँदा दिनभर कार्यालयमा बन्दी बनाएर राखेको र पछि एक जना दिदी आएपछि मात्र जिम्मा लगाएर छाडेको बताइन् । देशमा आर्थिक सङ्कट छाएपछि बैंक, वित्तीय संस्था आदिले व्याजको दर बढाउँदा ऋणीहरु थप मारमा परेका छन् ।
यसैबीच, नवलपुरका लघुवित्तपीडित महिलाहरुले कावासोतीमा र्याली निकालेका छन् । र्याली जिल्ला प्रशासन कार्यालयअगाडि पुगेर धर्नामा परिणत भई कोणसभा गरी समापन भएको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]