Listen Live: 

निर्माणाधीन आरती स्थलको बुधबार बिहान विधिवत शिलान्यास गर्दै महानगर प्रमुख दाहाल

Radio Chitwan
बुधबार, फाल्गुन १७, २०७९

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी भरतपुर महानगरपालिकाको मात्र नभएर देशकै एउटा गहना भएको बताउनुभएको छ ।

नदी किनारामा बन्न लागेको नदी संरक्षण पूर्वाधार र सोही स्थानमा निर्माणाधीन आरती स्थलको बुधबार बिहान विधिवत शिलान्यास गर्दै महानगर प्रमुख दाहालले सो कुरा बताउनुभएको हो ।

नारायणी नदी व्यवस्थापन आयोजना र सघन सहरी तथा भवन आयोजनाले संयुक्त रुपमा नारायणी नदी किनारमा आयोजना गरेको कार्यक्रममा उहाँले महानगर क्षेत्रमा एकपछि अर्को परियोजनाको लागि बजेट सुनिश्चित हुँदै आएको बताउनुभयो ।

पहिलो चरणमा ६५ किलोमिटर सडक, देवघाटको शवदाह गृह, केन्द्रीय बस टर्मिनलको व्यवस्थापनलगायत २ अर्बको परियोजना सञ्चालन भइरहँदा दोस्रो चरणमा झण्डै ५० करोड रुपियाँ बराबरको १८ किलोमिटर सडकसहित सम्भावना बोकेको नदी किनारमा ‘रिभर विच प्रोटेक्सन’समेतको काम अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।

नदी किनारको संरचना निर्माणको कामलाई प्राथमिकतामा राख्दै असार मसान्त अगाबै काम सक्न उहाँले निर्माण कम्पनीलाई अनुरोध गर्नुभयो ।

शिलान्यास कार्यक्रममा नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख गणेश मरासिनी र सघन सहरी तथा भवन आयोजनाका डिभिजनल प्रमुख प्रकाश अर्यालले आयोजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

भरतपुर १ वडा कार्यालयदेखि नारायणी नदी पुलसम्मको ६५० मिटर नदी किनारमा निर्माण शुरु गरिएको कामको पनि महानगर प्रमुखले निरीक्षण गर्नु

भएको थियो । उक्त क्षेत्रमा शेरवालसहितको मस्याङ्दी नदीबाट ल्याइएका बोल्डर ढुंगाको वाल लगाउन लागिएको छ । १५ करोड ९२ लाख ९४ हजार रुपियाँमा डाइनामिक कन्ट्रक्सन प्रालिले २०७९ पुस ५ गते सम्झौता गरेको उक्त काम २०८१ असार ५ गते सक्ने गरी सम्झौता भएको छ ।

महानर भित्रका सडक सञ्जाल निर्माण, देवघाट बसपार्क निर्माण लगायतको काम समेत गरि ४१ करोड १९ लाख आठ हजार २७१ रुपिंयाँमा महालक्ष्मीरओम सत्य साई जेभीले नै महाआरती स्थल निर्माणको जिम्मेवारी लिएको छ । उक्त महाआरती स्थल निर्माणको लागि एक करोड ७५ लाख रुपियाँ खर्च लाग्ने अनुमान छ ।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 8, 2023
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram