चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
अनेरास्ववियुको पहलमा बसेको बैठकमा समयमै स्ववियू निर्वाचन गराउन सबै संगठन सहमत

चितवन,फागुन १६(
चितवनमा विद्यार्थी संगठनहरुको संयुक्त बैठक बसेको छ । अनेरास्ववियुको पहलमा मंगलबार बसेको बैठकमा समयमै स्ववियू निर्वाचन गराउन सबै संगठन सहमत भएका छन् । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्ववियूको निर्वाचन गराउने कार्यतालिका प्रकाशन गरिसकेको छ ।
स्ववियू निर्वाचन हुन लागेकोमा उत्साहित हुँदै चितवनका विद्यार्थी संगठनले भनेका छन्,लामो समयदेखि स्ववियू निर्वाचन हुन नसक्दा विद्यार्थी आन्दोलनमाथि नै प्रश्नचिन्ह खडा भइरहेको अवस्थामा निर्वाचनलाई स्वच्छ,मर्यादित र धाँधलीरहित ढंगले सम्पन्न गर्न प्रतिबद्ध रहेको कुरा यस विज्ञप्ती मार्फत जानकारी गराउँछौं ।
झण्डै १४ बर्षपछि हुन लागेको स्ववियू निर्वाचन जिल्लाका तीन आंगिक क्याम्पस र १६ पव्लिक क्याम्पस सहित १९ वटा क्याम्पसमा हुन लागेको छ । जिल्लाका क्याम्पसहरुले निर्वाचन कार्यतालिका अनुसार निर्वाचन समिति निर्माण लगाएतका काम नगरेको भन्दै विद्यार्थी संगठनको ध्यानाकर्षण भएको अनेरास्ववियु चितवनका संयोजक प्रकाश कालाखेतीले बताउनुभयो । उहाँले चितवनका सबै क्याक्पसमा स्ववियूको निर्वाचन हुने वातावरण बनाउन सम्बन्धित सबैमा आग्रह समेत गर्नुभयो ।
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]