Listen Live: 

प्रथम चितवन फुटवेयर एक्स्पो यही फागुन १७ गतेदेखि सुरु हुने

Radio Chitwan
बुधबार, फाल्गुन १७, २०७९

चितवन। प्रथम चितवन फुटवेयर एक्स्पो यही फागुन १७ गतेदेखि सुरु हुनेभएको छ । चितवन उद्योग सङ्घ र नेपाल जुत्ता घरको संयुक्त आयोजनामा एक्स्पो गर्न लागिएको हो । चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनीमा एक्स्पो हुन लागेको हो । चैत १७ गतेसम्म चल्ने एक्स्पोमा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तु र स्वदेशमा तयार गरिएका जुत्ता चप्पल, महिला, पुरुष सबैलाई हुने जुत्ताचप्पल राखिने जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।

विराटनगर, पोखरा, धरानलगायतका ठाउँमा एक्स्पो सम्पन्न गरी चितवनमा गरिएको उहाँले बताउनुभयो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपाध्यायले एक्स्पोमा १० भन्दा बढी ब्राण्डका ४० स्टलबाट एक हजार भन्दा धेरै प्रकारका जुत्ता एकै ठाउँमा पाउन सकिने बताउनुभयो । स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले एक्स्पो गर्न लागिएको हो । नेपाली उत्पादनको प्रवर्द्धन गर्नका लागि एक्स्पो गर्न लागिएको हो ।

प्रत्यक्ष उपभोक्तासँग छलफल गर्दै काम गर्न, नेपाली उत्पादनको प्रचारप्रसार गर्दै बाह्य बजारसमेत विस्तार गर्ने उद्देश्यका साथ एक महिना लामो एक्स्पो गर्न लागिएको उहाँले जानकारी दिनुभयो । प्रदर्शनीमा दुई लाखले अवलोकन गर्ने र रु तीन करोडको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ । सो अवसरमा छुटको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

हरेक वर्ष प्रदर्शनी गर्ने योजनाका साथ कार्यक्रम गरिएको उहाँको भनाइ थियो । पत्रकार सम्मेलनमा नेपाल फुटवेयर एसोसिएसनका अध्यक्ष नानिराज घिमिरेले नेपालमा एक हजार पाँच सय उद्योग रहेको बताउनुभयो । तीमध्ये लघु उद्योग एक हजार, मझौला उद्योग दुई सय, निर्यात गर्ने उद्योग दुई सय, ठूला उद्योग एक सय रहेको जानकारी दिनुभयो । नेपालमा वार्षिक १६ करोड जोर जुत्ता उत्पादन हुँदै आएको छ । तीमध्ये नेपालको खपत १० करोड जोर रहेको उहाँले जानकारी दिनुभयो । नेपाली जुत्ता चप्पल उद्योगमा रु ३० अर्बको लागत रहेको उहाँको भनाइ छ । नेपालमा उत्पादित जुत्ताले निर्यातका लागि एक दशमलव पाँच प्रतिशत हिस्सा लिएको उहाँले जानकारी दिनुभयो ।

कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव छ प्रतिशत योगदान पु¥याएको यस व्यवसायमा ५५ हजारले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । तीमध्ये ६० प्रतिशत नेपाली कामदार रहेका छन् । जुत्ता उत्पादनमा पूर्ण आत्मर्निभर यस व्यवसायले भारतसहितका १८ देशमा जुत्ता निर्यात गर्ने गरेको घिमिरेले जानकारी दिनुभयो । विदेशबाट चोरी पैठारी गरी आएका सामानका कारण ३५ देखि ४० प्रतिशत मात्रै उद्योग सञ्चालनमा आएको उहाँले बताउनुभयो । नेपालको जुत्ता उत्पादनले ६० देखि ६५ प्रतिशत क्षेत्र ओगटेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram