चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
प्रथम चितवन फुटवेयर एक्स्पो यही फागुन १७ गतेदेखि सुरु हुने

चितवन। प्रथम चितवन फुटवेयर एक्स्पो यही फागुन १७ गतेदेखि सुरु हुनेभएको छ । चितवन उद्योग सङ्घ र नेपाल जुत्ता घरको संयुक्त आयोजनामा एक्स्पो गर्न लागिएको हो । चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनीमा एक्स्पो हुन लागेको हो । चैत १७ गतेसम्म चल्ने एक्स्पोमा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तु र स्वदेशमा तयार गरिएका जुत्ता चप्पल, महिला, पुरुष सबैलाई हुने जुत्ताचप्पल राखिने जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।
विराटनगर, पोखरा, धरानलगायतका ठाउँमा एक्स्पो सम्पन्न गरी चितवनमा गरिएको उहाँले बताउनुभयो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपाध्यायले एक्स्पोमा १० भन्दा बढी ब्राण्डका ४० स्टलबाट एक हजार भन्दा धेरै प्रकारका जुत्ता एकै ठाउँमा पाउन सकिने बताउनुभयो । स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले एक्स्पो गर्न लागिएको हो । नेपाली उत्पादनको प्रवर्द्धन गर्नका लागि एक्स्पो गर्न लागिएको हो ।
प्रत्यक्ष उपभोक्तासँग छलफल गर्दै काम गर्न, नेपाली उत्पादनको प्रचारप्रसार गर्दै बाह्य बजारसमेत विस्तार गर्ने उद्देश्यका साथ एक महिना लामो एक्स्पो गर्न लागिएको उहाँले जानकारी दिनुभयो । प्रदर्शनीमा दुई लाखले अवलोकन गर्ने र रु तीन करोडको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ । सो अवसरमा छुटको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
हरेक वर्ष प्रदर्शनी गर्ने योजनाका साथ कार्यक्रम गरिएको उहाँको भनाइ थियो । पत्रकार सम्मेलनमा नेपाल फुटवेयर एसोसिएसनका अध्यक्ष नानिराज घिमिरेले नेपालमा एक हजार पाँच सय उद्योग रहेको बताउनुभयो । तीमध्ये लघु उद्योग एक हजार, मझौला उद्योग दुई सय, निर्यात गर्ने उद्योग दुई सय, ठूला उद्योग एक सय रहेको जानकारी दिनुभयो । नेपालमा वार्षिक १६ करोड जोर जुत्ता उत्पादन हुँदै आएको छ । तीमध्ये नेपालको खपत १० करोड जोर रहेको उहाँले जानकारी दिनुभयो । नेपाली जुत्ता चप्पल उद्योगमा रु ३० अर्बको लागत रहेको उहाँको भनाइ छ । नेपालमा उत्पादित जुत्ताले निर्यातका लागि एक दशमलव पाँच प्रतिशत हिस्सा लिएको उहाँले जानकारी दिनुभयो ।
कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव छ प्रतिशत योगदान पु¥याएको यस व्यवसायमा ५५ हजारले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । तीमध्ये ६० प्रतिशत नेपाली कामदार रहेका छन् । जुत्ता उत्पादनमा पूर्ण आत्मर्निभर यस व्यवसायले भारतसहितका १८ देशमा जुत्ता निर्यात गर्ने गरेको घिमिरेले जानकारी दिनुभयो । विदेशबाट चोरी पैठारी गरी आएका सामानका कारण ३५ देखि ४० प्रतिशत मात्रै उद्योग सञ्चालनमा आएको उहाँले बताउनुभयो । नेपालको जुत्ता उत्पादनले ६० देखि ६५ प्रतिशत क्षेत्र ओगटेको छ ।
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]