कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
दाङमा पेस्ताेल आकारकाे लाइटर बालेर स्थानीयलाई तर्साउने ७ जना पक्राउ

दाङ – दाङको तुलसीपुर प्रहरीले स्थानीयलाई त्रसित पारेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ भ्युडरमा रहेकाे खाली गोठबाट सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
प्रवक्ता रिजालका अनुसार रक्सी सेवन गरी पेस्ताेल आकारको लाइटरबाट आगो बालेर स्थानीयलाई त्रसित पारेको भन्ने सूचनाको आधारमा खटिएको तुलसीपुर इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ निवासी २५ वर्षीय सन्तोष बस्याल, २३ वर्षीय पोषण ओली २१ वर्षीय अलिज मिया, वडा नं. ६ निवासी २१ वर्षीय केतु ओली, वडा नं. ९ निवासी १८ वर्षीय मोहन बस्नेत रहेका छन् । समूहमा १६ र १७ वर्षीय दुई जना नाबालक पनि रहेकाे प्रहरीले जनएकाे छ ।
त्यस्तै उनीहरुको साथबाट प्रहरीले तीन थान हँसिया, बन्चरो एक थान, खुडा एक थान र पेस्ताेल जस्ताे देखिने लाइटर एक थान बरामद गरेको छ । साथै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]