Listen Live: 

खैरहनी नगरपालिका वडा नम्वर १३ निवासी क्यान्सर पीडित गणेश तामाङलाई आर्थिक सहयोग

Radio Chitwan
मङ्लबार, फाल्गुन १६, २०७९

खैरहनी नगरपालिका वडा नम्वर १३ निवासी क्यान्सर पीडित गणेश तामाङलाई आर्थिक सहयोग गरिएको छ ।

सुनचाँदी व्यवसायी महिला समुह पर्साले तामाङको उपचारका लागि १४ हजार ६३५ रुपैयाँ सहयोग गरिएको समुहकी सचिव हिमा विकले जानकारी दिईन् । खैरहनी १३ का वडाध्यक्ष कुल प्रसाद भुषालको उपस्थितीमा समुहका अध्यक्ष देविका सुनारसहितको टिमले सो रकम तामाङलाई हस्तान्तरण गरे ।

क्यान्सरबाट आमा छोरानै पीडित रहेको जानकारी पाएपछि समुहमा आवद्ध सदस्यहरुले व्यक्तीगत रकम उठाएर सहयोग गरेको अध्यक्ष सुनारले वताईन् । पाठेघरको क्यान्सरबाट थलिएकी तामाङकी आमा सुनिताको तीन दिन अघि निधन भएको थियो । रकम हस्तान्तरणमा उपस्थित वडाध्यक्ष भुषालले ठुलो खर्च लाग्ने र समयमै उपचार हुन नसक्दा नसक्दा सुनिताको निधन भएको भन्दै गणेशको उपचारमा सवैले सहयोग गरिदिन आग्रह गरे ।

आमाको उपचारका क्रममा छोरालाई समेत थाईराईड क्यान्सर देखिएको हो । उनको फागुन २ गते अप्रेसन गरिएको छ । आराम गर्नु पर्ने भएकाले आमाको किरियामा उनकी वहिनी छिन् ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

October 30, 2023
भरतपुर–२२ का वडाबासीले पाउने भए निःशुल्क रगत, रेडक्रससंग वडा अध्यक्षले महतोले गरे सम्झौता

चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]

October 30, 2023
जरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु

काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram