रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
प्रचण्ड नेतृत्वको सरकार पनि कतिञ्जेल रहन्छ भन्न सकिदैन : उपेन्द्र यादव

प्रचण्ड नेतृत्वको बर्तमान सरकारको आयु पनि धेरै लामो नभएको जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादबले बताएका छन् ।
आज मंगलवार रत्ननगरमा पार्टी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै उनले ठुला दलहरुको अस्थिरताका कारण प्रचण्ड सरकार पनि कुन बेला ढल्ने हो त्यसको ठेगान नभएको स्पष्ट पारेका छन् । उनले तीन ठुला दल सरकार गिराउने खेलमा उद्दत रहेकाले प्रचण्ड सरकारको आयु पनि मापन गर्न सक्ने अबस्थामा नरहेको उनको भनाई छ ।
राष्ट्रपति निर्वाचनका लागि नयाँ समिकरण सुरु भएको छ,सरकारमा रहेका दलहरु बाहिरिदैछन् उनले भने दुई दुई महिनामा गठबन्धन परिर्वतन भइरहेको छ, यस्तै अबस्था हो भने प्रचण्ड सरकार पनि कतिञ्जेल रहन्छ भन्न सकिदैन् । नेता यादबले दलहरुको अराजनीतिक क्रियाकलापका कारण मुलुक अस्थिरता तर्फ धकेलिएको बताए ।
मुलुक अस्थिरता तर्फ धकेलिएको छ उनले भने ठुला दलको नाटकीय स्वभावका कारण अस्थिरता पैदा भएको छ । उनले मुलुकमा देखिएको राजनीतिक अस्तिरताका कारण संघीय लोकतन्त्रिक व्यवस्था समेत धरापमा पर्ने संकेत देखिएको बताए । संघीयता धरापमा पर्ने बाताबरण दलहरुले सृजना गरेका छन् उनले भने संघीय लोकतान्त्रिक व्यवस्थामा आँच आउने गरी भएका गतिविधिलाई सामान्य रुपमा लिनु हुँदैन् ।
उनले संघीय लोकतन्त्रलाई समाप्त पर्ने खेल सुरु भइसकेको बताए । नेता यादबले अहिलेको शासकीय स्वरुप परिर्वतन हुन आवश्यक रहेको बताए । उनले मुलुकको शासकीय स्वरुप र निर्बाचन प्रणाली परिर्वतन गर्न आवश्यक रहेको बताए । अहिलेको राजनीति अस्थिरताको अन्त्यको लागि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने व्यवस्था अबलम्बन गर्नुपर्ने बताए ।
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]