Listen Live: 

नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने

Radio Chitwan
मङ्लबार, फाल्गुन १६, २०७९

चितवन। नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिकाले सो क्षेत्रका लागि तयार पारेको गुरुयोजनामा पर्ने गरी आरतीस्थल निर्माण गर्न लागिएको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजनाले सो स्थल निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार नदी किनारमा साँझमा आरती गर्न सुन्दर देखिने गरी आरतीस्थल निर्माण गर्न लागिएको हो । नदी किनारमा हाल बगरमा उभिएर नियमित आरती गरिँदै आइएको छ । उहाँले भन्नुभयो, “यो स्थल निर्माणसँगै आरती गर्नेका लागि सहज र सुन्दर हुने छ ।” आरतीस्थल २८ मिटर लम्बाइ र पाँच मिटर चौडाइको हुनेछ । उहाँका अनुसार जमिनको सतहबाट केही मिटर अग्लो बनाइने आरतीस्थल ढुङ्गाले छापिने छ । आरतीस्थलको बाहिरी भागमा ‘मोज्याक टायल’ लगाइने छ ।
सबै क्षेत्रलाई उज्यालो दिने गरी आकर्षक ४५ वटा बत्ती जडान गरिने दाहालले जानकारी दिनुभयो । आरतीस्थलको पूर्व र पश्चिमतर्फको नदी तटीय क्षेत्रमा सिँढी निर्माण गरेर तटबन्ध गरिँदै छ । निर्माण कार्य पनि यसै वर्ष सुरु हँुदैछ । सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार आरतीस्थल, देवघाटमा बसपार्क र महानगरभित्रका विभिन्न ठाउँका १८ किलोमिटर सडक कालोपत्र एक साथ ठेक्का सम्झौता गरिएको छ । रु ४१ करोड १९ लाखमा ठेक्का लगाइएको हो । १८ महिनामा सम्पन्न हुने गरी महालक्ष्मी ओम सत्यसायी जेभिले निर्माण सम्झौता गरेको छ ।

आरतीस्थलको काम थोरै भएकाले छिटो सम्पन्न हुने छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नदी किनारमा आरतीस्थल, तटबन्धन, पैदलमार्ग, हरियाली पार्क लगायतको निर्माणको काम एकैसाथ हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “आरतीस्थल निर्माणसँगै नदी किनारमा नियमित व्यवस्थित आरती गर्न सहज हुने छ ।” यसले धार्मिक पर्यटक प्रवद्र्धन गर्न सहयोग पुग्ने अधिकारीको भनाइ छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram