Listen Live: 

रवि लामिछाने प्रचण्डसँग निरन्तर संवादमा

Radio Chitwan
मङ्लबार, फाल्गुन १६, २०७९

चितवन, फागुन १६(

१० पुसमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन गठबन्धन गरेका मुख्य दलहरुमध्ये एमाले र राप्रपा सरकारको समर्थन फिर्ता लिँदा पनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएको छैन ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकले सरकारबारे खासै छलफल नै नगरी समर्थन कायमै राखेको संकेत दिएको हो ।

पार्टीले माघ २२ गते सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिएको छैन । रास्वपा महामन्त्री मुकुल ढकालले केन्द्रयि समितिको बैठकपछि पत्रकारसँग कुराकानी गर्दे परिस्थितिमा तात्विक फरक नआएकाले सरकारका विषयमा बैठकमा छलफल नै नगरेको प्रतिक्रिया दिएका थिए । ‘अहिले जे जस्तो परिस्थिति छ, त्यो हाम्रो लागि बदलिएको परिस्थिति होइन, ‘उनले भने, ‘हिजो पनि हेर्दै जाऊँ भन्नेमा थियौं, अहिले पनि त्यसमै छौं ।’ सरकारबाट बाहिरिएपछि पनि सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग संवाद निरन्तर गरिरहेकाले रास्वपा फेरि सरकारमा जान सक्ने आकलन गरिएको छ ।

‘सरकारबाट बाहिरिए पनि प्रधानमन्त्रीज्यूसँग हाम्रो पार्टी सभापति निरन्तर संवादमै हुनुहुन्छ’, ढकाल भन्छन्, ‘फेरिएको परिस्थितिमा हामी सरकारमा जान सक्छौं । पहिले पनि हामीले हाम्रो कुरा स्पष्ट गरेका छौं ।’

रास्वपा आम चुनावबाट प्रतिनिधिसभामा आएको नयाँ दल हो । ४ मंसिरको चुनावअघि नयाँलाई रोजौं भनेर प्रचार गरेको रास्वपा २० सिटसहित चौथो ठूलो पार्टी बनेको थियो । पहिलोपटक संसदमा प्रवेश पाएका यी दलले सत्तासँग दुरी राख्न चाहेका छैनन् । चुनावी परिणाम आउँदा नआउँदै रवि लामिछानेले ठूला दलसँग सत्ताका लागि संवाद सुरु गरे गृहमन्त्री बन्न सफल भएका थिए । रास्वपा भने राष्ट्रपति निर्वाचनमा गठबन्धनमा सहभागी भइसकेको छैन । नागरिकता मुद्दामा गृहमन्त्री पद गुमाउन पुगेका सभापति लामिछानेले नेपाली नागरिकता लिएपछि फेरि गैरसांसदको हैसियतमा सोही मन्त्रालय दाबी गरेका थिए । नपाएपछि सरकार छाडेका उनी फेरि सरकारमा जान लालयित देखिएका छन् । रास्वपा मात्रै होइन, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समेत प्रचण्ड सरकारको साथ छोडेको छैन ।

आन्य समाचारहरु:-
September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 26, 2023
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]

September 25, 2023
हामी कांग्रेस कब्जा गर्न लाग्यौँ, जनता अरुले कब्जा गरिसकेः अर्जुननरसिंह केसी

काठमाडौं,असोज ८- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहँदा जनता भने अर्कैको कब्जामा गइसकेको बताएका छन्। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा केसीले अहिलेको […]

September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram