Listen Live: 

क्षेत्रीय होटल संघ चितवन सौराहाको अध्यक्षमा गंगा गिरी सर्वसम्मत चयन

Radio Chitwan
मङ्लबार, फाल्गुन १६, २०७९

सौराहा, १६ फागुन । क्षेत्रीय होटल संघ चितवन सौराहाको अध्यक्षमा गंगा गिरी सर्वसम्मत चयन भएका छन । संघको १८औं साधारण सभा तथा नवौं अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ निर्वाचित समितिको उपाध्यक्षमा ओम प्रकाश पाण्डे, योगेन्द्रनाथ अधिकारी, महासचिवमा गुणराज थपलिया, सचिवमा महेश खनाल, कोषाध्यक्षमा शिवराज दुवाडी, सह कोषाध्यक्ष बविता चौधरी चयन भएका छन । समितिको सदस्यहरुमा संगम घिमिरे, रन्जन भण्डारी, बलराम अधिकारी, ध्रुवराज वाग्ले, सन्तोष गिरी, दिपक अधिकारी, गणेश दाहाल, हरि श्रेष्ठ, रामकुमार अर्याल, सौगात रिजाल, गणेश शर्मा पौडेल चयन भएका छन ।

ऋषिराम तिवारी, शिव भुषाललाई सदस्यमा मनोनित गरिएको छ । नव निर्वाचित कार्यसमितिले सोमबार नै पद तथा गोपनियताको सपथ लिएका छन । नवनिर्वाचित अध्यक्ष गिरीले सौराहाको पर्यटनलाई विकासको उच्च विन्दुमा लैजान क्रियाशिल रहने बताए । व्यवसायिक एकता,गन्तव्यको विकास र गुणस्तर सुधारमा ल्यान केन्द्रीत गरेर संघका गतिविधि अगाडि बढाउने उनको भनाई छ ।

आन्य समाचारहरु:-
September 12, 2024
पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]

September 10, 2024
सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित

रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]

September 10, 2024
मानसिक रोगले बढ्दै आत्महत्या, उपत्यका बाहिर सिमएसीमा धेरै बिरामीको उपचार हुदै

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]

September 7, 2024
नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो न्वागी पर्व

रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram