कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर नगरपालिका वडा नं १५ ले लोकसेवा तयारी कक्षाका प्रशिक्षार्थीहरुलाई नायब शुब्बा परीक्षा सारथी नामक पुस्तक निःकुल्क वितरण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ ले आयोजना गरेको लोकसेवा तयारी कक्षाका प्रशिक्षार्थीहरुलाई मंगलवार नायब शुब्बा परीक्षा सारथी नामक पुस्तक प्रदान गरिएको छ । वडा कार्यालयले एक हजार ४०० मुल्य पर्ने पुस्तक निःकुल्क वितरण गरेको हो ।
माधवपुर माविमा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक नगरप्रमुख नारायण वन र वडाध्यक्ष आशिक तामाङले सहभागी ३५ जनालाई पुस्तक हस्तान्तरण गरेका थिए । नेपाल सरकारको स्थायी जागिरको लागि दिइने लोकसेवा परीक्षणको तयारीको लागि वडा कार्यालयले ४५ दिने कक्षा सुरु गरेको थियो ।
तयारी कक्षाका लागि आवश्यक पर्ने आधारभूत विषयहरु समाबेश गरिएको नायब शुब्बा परीक्षा सारथी नामक पुस्तक प्रदान गरिएको वडाध्यक्ष तामाङले बताए । वडा भित्रका युवाहरुलाई सरकारी कार्यालयमा रोजगारीको अबसरको लागि तयारी कक्षा सुरु गरिएको उनको भनाई छ ।
कार्यक्रममा संस्थापक मेयर वनले रत्ननगर नगरपालिकाको इतिहासमै पहिलो पटक वडा नं १५ बाट रचनात्मक कामको सुरुवात भएको भन्दै अबसरको सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
करारको जागिरको अस्थायी हो उनले भने लोकसेवा पास गरेर खाएको जागिर उमेर हदबाहेक कसैले खोस्न सक्दैन । कार्यक्रममा वडा सदस्य शिबप्रसाद तिवारी, रुकमाया परियार लगायतको सहभागिता रहेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

