चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]
रत्ननगर नगरपालिका वडा नं १५ ले लोकसेवा तयारी कक्षाका प्रशिक्षार्थीहरुलाई नायब शुब्बा परीक्षा सारथी नामक पुस्तक निःकुल्क वितरण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ ले आयोजना गरेको लोकसेवा तयारी कक्षाका प्रशिक्षार्थीहरुलाई मंगलवार नायब शुब्बा परीक्षा सारथी नामक पुस्तक प्रदान गरिएको छ । वडा कार्यालयले एक हजार ४०० मुल्य पर्ने पुस्तक निःकुल्क वितरण गरेको हो ।
माधवपुर माविमा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक नगरप्रमुख नारायण वन र वडाध्यक्ष आशिक तामाङले सहभागी ३५ जनालाई पुस्तक हस्तान्तरण गरेका थिए । नेपाल सरकारको स्थायी जागिरको लागि दिइने लोकसेवा परीक्षणको तयारीको लागि वडा कार्यालयले ४५ दिने कक्षा सुरु गरेको थियो ।
तयारी कक्षाका लागि आवश्यक पर्ने आधारभूत विषयहरु समाबेश गरिएको नायब शुब्बा परीक्षा सारथी नामक पुस्तक प्रदान गरिएको वडाध्यक्ष तामाङले बताए । वडा भित्रका युवाहरुलाई सरकारी कार्यालयमा रोजगारीको अबसरको लागि तयारी कक्षा सुरु गरिएको उनको भनाई छ ।
कार्यक्रममा संस्थापक मेयर वनले रत्ननगर नगरपालिकाको इतिहासमै पहिलो पटक वडा नं १५ बाट रचनात्मक कामको सुरुवात भएको भन्दै अबसरको सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
करारको जागिरको अस्थायी हो उनले भने लोकसेवा पास गरेर खाएको जागिर उमेर हदबाहेक कसैले खोस्न सक्दैन । कार्यक्रममा वडा सदस्य शिबप्रसाद तिवारी, रुकमाया परियार लगायतको सहभागिता रहेको थियो ।
कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]