Listen Live: 

रविन्द्र अधिकारीको स्मृतीमा अनेरास्ववियु सप्तगण्डकीद्वारा  दीप प्रज्वलन

Radio Chitwan
मङ्लबार, फाल्गुन १६, २०७९

चितवन, फागुन १६–

नेकपा एमालेका नेता स्वर्गिय रविन्द्र अधिकारीको चौँथो स्मृति दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० सप्तगण्डकी बहुमुखी क्याम्पसले सोमबार क्याम्पस परिसरमा दीप प्रज्ज्वलन गरेको छ । अनेरास्ववियुको पूर्व केन्द्रिय अध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा गौरवपूर्ण निर्णय गरेको अनेरास्ववियुका विद्यार्थी नेताहरु बताउँछन् ।

अधिकारीबाट विद्यार्थी आन्दोलनले अनुसरण गर्नुपर्ने धेरै कुरा रहेकाले उनको सम्झनाले शोकलाई उर्जामा बदल्न टेवा पुग्ने आयोजक कमिटीले बताएको छ । अधिकारी अखिलको अध्यक्ष रहँदैगर्दा विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट, शनिबार पनि चलचित्र हलमा छुट, प्राविधिक शिक्षामा जोड लगायतका कयौँ कालजयी निर्णय भएका थिए । साथै पर्यटनमन्त्री रहँदा संस्कृति र पर्यटनका क्षेत्रमा उल्लेख्य कार्य भएका थिए ।

२०७५ फाल्गुन १५ गते पाथिभरा दर्शन गरेर फर्कदा प्रतिकुल मौसमका कारण उनको अल्पायुमा निधन भएको थियो । सोमबारको दीप प्रज्वलन कार्यक्रम अनेरास्ववियुका पूर्व केन्द्रिय कमिटी सचिवालय सदस्य एवम् युवा परिषद् चितवनका संस्थापक अध्यक्ष अश्मिन घिमिरेको प्रमुख आतिथ्यता र सप्तगण्डकी कमिटी अध्यक्ष महेश सापकोटाको अध्यक्षता र विभिन्न नेताहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram