Listen Live: 

 चितवनमा चार जनालाई मगर संघको स्थापना दिवसमा  सम्मान

Radio Chitwan
मङ्लबार, फाल्गुन १६, २०७९

चितवन, फागुन १६(

नेपाल मगर संघ, जिल्ला समिति चितवनले नेपाल मगर पत्रकार संघ, चितवनका अध्यक्ष आशिक रानामगरसहित चार जनालाई सम्मान गरेको छ। सोमबार नारायणी नदी किनारमा आयोजित ४१औँ मगर स्थापना दिवसको अवसरमा अध्यक्ष मगरसहित भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानामगर, जिल्ला समन्वय समिति चितवनकी प्रशासकीय अधिकृत अन्तिम सिंजालीमगर र नेपाल मगर संघका संस्थापक सदस्य बुद्ध थापामगरलाई संयुक्तरूपमा सम्मान गरिएको हो।

सोमबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, नेपाल मगर संघका संघीय महासचिव टेकबहादुर नाम्जालीमगर, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष महेन्द्र दुरालगायतको उपस्थितिमा उनीहरूलाई सम्मान गरिएको हो। मगर समुदायमा जन्मिएर समाजमा पु¥याएको योगदानको आधारमा सम्मान गरिएको नेपाल मगर संघ, चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले जानकारी दिए।

मगर स्थापना दिवसको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरेको थियो। कार्यक्रममा मौलिक एवम् प्रत्यक्ष गायनमा जोडिएका लोक नृत्यसहितका नाचगान भएका थिए। मगर जातिको मौलिक संस्कृति जोगाउन पनि यस्ता मौलिक सिर्जनालाई प्रश्रय दिनुपर्ने नेपाल मगर संघ, चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले बताए।

तर, त्यसका लागि राज्यको निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘नेपालका हरेक जातिको सांस्कृतिक पक्षको संरक्षण गर्न राज्यले लगानी गर्नुपर्छ,’ उनले भने, ‘किनभने सम्बन्धित जातिको प्रयासले मात्रै संरक्षण गर्नु चुनौतीपूर्ण विषय हो।’

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष महेन्द्र दुराले जातीय संस्कृति संरक्षणमा सबै जातिले भूमिका खेल्नुपर्ने बताए। ‘मगर जातिले आफ्नो संस्कृति संरक्षण गर्न पहिले मगर जातिलाई नै एकठाउँमा गोलबन्द गर्न सक्नुपर्छ,’ उनले भने, ‘त्यसपछि अन्य समुदायसँग पनि सहकार्य गरेर साथ सहयोगमा दोहोरो भूमिका खेल्न सक्नुपर्छ।’

नेपाल मगर संघका संघीय महासचिव टेकबहादुर नाम्जालीमगरले भने मगर समुदायको सांस्कृतिक संरक्षणको लागि राज्यले लगानी गर्नै नचाहेको आरोप लगाए। स्वर्गीय नेताको नाममा विभिन्न प्रतिष्ठान खोलेर राज्यकै कोष सिध्याइरहँदा आदिवासी जनजातिको संस्कृति संरक्षणमा भने चासो नदिएको उनको भनाइ छ। ‘हरेक जातिभित्रको सांस्कृतिक संस्कारमा विविधता छ,’ उनले भने, ‘त्यसलाई जोगाउने दायित्व राज्यको पनि हो। तर, यहाँ राज्यको नेतृत्व तहले हामीमाथि अन्याय गरिरहेका छन्।’

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भने आदिवासी जनजातिको हक अधिकारका लागि दस वर्षे सशस्त्र संघर्षले मह¤वपूर्ण भूमिका खेलेको दाबी गरिन्। ‘उक्त संघर्षमा मगर जातिको पनि मह¤वपूर्ण योगदान रह्यो,’ दाहालले भनिन्, ‘जसले गर्दा आज मगरकै छोरो सत्तामा पुग्न सफल भएका छन्।’

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram