Listen Live: 

भरतपुर महानगरले नारायणी किनारमा दुई करोड रुपैयाँको लागतमा आरती स्थल बनाउने

Radio Chitwan
मङ्लबार, फाल्गुन १६, २०७९

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले नारायणी नदी किनारमा आरती स्थलको शिलान्यास हुन लागेको बताएकी छन् । माघ १२ गतेदेखि नारायणी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको सोमबार समापन समारोहमा बोल्दै मेयर दाहालले फागुन १७ गते आरती स्थलको शिलान्यास हुने जानकारी दिइन् ।

नारायणी किनारमा आरती स्थल निर्माण, गौ वनको व्यवस्थालगायतका माग राखि केहि समय अघि महायज्ञका संकल्पकर्ता प्रेमनिधी भारद्धाज अनसन पनि बसेका थिए । मागलाई स्थानीय र केन्द्रीय स्तरबाट पुरा गराउनका लागि पहल गर्ने मेयर दाहालको आश्वासनपछि भारद्धाजले अनसन तोडेका थिए ।

आफ्नो प्रतिबद्धता अनुसार करिब दुई करोड रुपैयाँको लागतमा आरती स्थल बनाउन लागिएको दाहालले बताइन् । ‘आरती स्थलको लागि ठाउँ र बजेटको सुनिश्चितता भएर ठेक्का आह्वान पनि भइसकेर बुधबार यहाँ शिलान्यास गर्ने काम हुँदै छ’, उनले भनिन्, ‘यहाँ सिढिँसहितको तटबन्धको पनि काम भइरहेको छ । तटबन्ध गर्दा आरती स्थल बनाउने ठाउँलाई छाडेर गरिन्छ ।’

आरती स्थलको मेयर दाहाल आफैले शिलान्यास गर्दै छिन् । नारायणी किनारलाई सि बिच मोडलमा विकास गर्न नारायणी नदी व्यवस्थापन आयोजनाले सिढिँसहितको तटबन्ध बनाउने काम गर्दै छ । धार्मिक स्थल देवघाटको विकासका लागि पनि महानगरले योजना बनाइरहेको दाहालले बताइन् ।

३३ दिनसम्म चलेको महायज्ञ सोमबार विधिपूर्वक सम्पन्न गरिएको छ । सामुहिक प्रयासबाट नै महायज्ञ सफल रुपमा सम्पन्न भएको महायज्ञका संयोजक र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष समेत रहेका भारद्धाजले बताए । आफुले राखेका माग अनुसार अब गौ वनको व्यवस्था गर्न उनले मेयर दाहाललाई आग्रह गरेका छन् ।

महायज्ञका प्रमुख संरक्षक एवम् हरिहर सन्यास आश्रमका पीठाधिस १००८ स्वामी ज्ञानानन्द सरस्वतीले नदी किनारमा विगतमा पुरा नगरी छाडिएको महायज्ञ अब पूर्ण भएको बताए । गायत्री मन्त्रद्धारा हवन भएको यज्ञ सफलतापूर्वक सम्पन्न भएको उनले खुसी व्यक्त गरे । उप्रान्त नारायणी नदीमा ढल नमिसाउन नगर प्रमुख दाहाल र आम नागरिकलाई उनले आग्रह गरे ।

वातावरण शुद्ध बनाउन र विश्व शान्तिका लागि हवनको महत्व रहेको धार्मिक अगुवाहरुको धारणा छ । महायज्ञको समापन समारोहमा चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्की, समाजसेवी उमाशंकर अग्रवाल, चैतन्य कृष्णजी, स्वामी डा विमलानन्द, ब्रम्हचारी सुभाव चैतन्य लगायतको सहभागी रहेको थियो ।

३३ दिनसम्म चलेको महायज्ञ श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा भएको हो । महायज्ञमा फागुन १२ गते सवा करोड दीप प्रज्वलन समेत गरिएको थियो ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram