सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]
भरतपुर महानगरपालिका नेपालका स्थानीय तहहरुमध्ये वार्षिकरुपमा सबैभन्दा धेरै बजेट खर्च गर्ने स्थानीय तह

चितवन, फागुन १५(
भरतपुर महानगरपालिका नेपालका स्थानीय तहहरुमध्ये वार्षिकरुपमा सबैभन्दा धेरै बजेट खर्च गर्ने स्थानीय तह बनेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको तथ्यांक अनुसार देशभरका स्थानीय तहहरुमध्ये भरतपुर धेरै खर्च गर्ने मध्ये तेस्रो स्थानमा रहेको हो ।
आर्थिक वर्ष २०७८्७९ मा भरतपुर महानगरपालिकाले वार्षिक तीन अर्ब ४१ करोड रुपैयाँ खर्च गरेको छ । पहिलो स्थानमा रहेको काठमाडौँले सात अर्ब ३० करोड रुपैयाँ र पोखरा महानगरपालिकाले चार अर्ब १६ करोड खर्च गरेका छन् । खर्चमा ललितपुर, विराटनगर र विरगञ्ज महानगरपालिका भरतपुर भन्दा पछाडि रहेका छन् । भरतपुरको जम्मा बजेट ५ अर्ब ५५ करोड रहेकोमा तीन अर्ब ४१ करोड खर्च गरेको हो । भरतपुर महानगरले पुँजीगत खर्च भने एक अर्ब ६० करोड गरेको छ जुन जम्मा २८।८२ प्रतिशत मात्र हुन आउँछ । यसरी भरतपुर महानगरपालिकाको अधिकांश खर्च प्रशासनिक काम विशेष त कर्मचारीको तलब र भत्तामा मात्र खर्च भएको देखिन्छ ।
स्थानीय तहले मुख्यतया दुई शीर्षकमा यस्तो रकम खर्च गरेका हुन्छन् । जसमा प्रशासनिक खर्चमा बढी केन्द्रित हुने चालु खर्च र विकासको काममा बढी केन्द्रित हुने पुँजीगत खर्च पर्छन् । उनीहरूले बजेटमा ४४ प्रतिशत पुँजीगतका लागि र ५६ प्रतिशत चालु खर्चका लागि रकम छुट्याउँछन् । तर, खर्च गर्दा भने चालुमा ६१ प्रतिशत र पुँजीगतमा ३९ प्रतिशत खर्चमा केन्द्रित भएको छ ।
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]