कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
गैंडाको आक्रमणमा परी ज्यान गुमाएका रत्ननगर ९ लालपर्सा निवासी चन्द्रबहादुर तामाङको परिवारलाई सोमबार आर्थिक सहयोग

रत्ननगर । गैंडाको आक्रमणमा परी ज्यान गुमाएका रत्ननगर ९ लालपर्सा निवासी चन्द्रबहादुर तामाङको परिवारलाई सोमबार आर्थिक सहयोग गरिएको छ ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति बछौलीले काजक्रियाखर्च स्वरुप २५ हजार रुपैया आर्थिक सहयोग गरेको हो । समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले तामाङको परिवारका सदस्य सख्तबहादुर लामालाई २५ हजार रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।
तामाङको परिवारलाई आर्थिक सहयोग गर्न समितिका अध्यक्ष घिमिरे सहित उपाध्यक्ष हठन महतो, सदस्यहरु बुद्धिमान विक, सरस्वती लामा, विष्णु महतो र कार्यालय सचिव यौवनकुमार पराजुली निवासमा पुगेका थिए । सो उपभोक्ता समितिले मध्यवर्ती क्षेत्र भित्र वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई काजक्रिया खर्च स्वरुप २५ हजार रुपैया उपलब्ध गराउदै आएको छ ।
समितिका अध्यक्ष घिमिरेले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई नेपाल सरकारले १० लाख रुपैया क्षतिपूर्ति राहत उपलब्ध गराउदै आएको बताए । तामाङको परिवारलाई सरकारबाट पाउने रकम उपलब्धताको लागि कागजी लगायत अन्य प्रक्रियामा मृगकुञ्जले सहयोगीको भूमिका निभाउने घिमिरेले बताए । फागुन ९ गते विहान ४ बजे लालपर्सामा गैंडाको आक्रमण गर्दा तामाङको ज्यान गएको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]