कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
खैरहनीमा रोकिएको इष्ट्रन क्रिकेट एकेडेमी ९ईसीए० को आयोजनामा प्रथम एकेडेमी लिग क्रिकेट प्रतियोगिता टिकौंलीमा हुने

चितवन, फागुन १५–
खैरहनीमा रोकिएको इष्ट्रन क्रिकेट एकेडेमी ९ईसीए० को आयोजनामा प्रथम एकेडेमी लिग क्रिकेट प्रतियोगिता टिकौंलीमा हुने भएको छ ।
फागुन १७ गते देखि रत्ननगर नगरपालिका वडा नंं। १० मा स्थित टिकौली जंगलको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।
यसअघि आयोजकले फागुन ११ गते देखि खैरहनी रंगशालामा क्रिकेट प्रतियोगिता हुने जानकारी दिएको थियो । खैरहनी नगरपालिकाको समन्वयको कमीले गर्दा प्रतियोगिता ६ दिन पछाडि धकेलिएको ईसीएका प्रबन्ध निर्देशक आकाश थापाले जानकारी दिए । खेलमा ६ टिमबीच प्रतिस्पर्धा हुने उनले बताए । ‘प्रतियोगितामा बीएम ब्लास्टर, टाँडी टाइटन्स, सौराहा स्याण्डर, नेप्लिज क्यानेडियन क्रिकेट क्लब, हानामी वारियर्स र भरतपुर इलेभेन गरी ६ टोलीको सहभागिता रहनेछ । प्रत्येक टोलीले १ वा २ जनासम्म राष्ट्रिय खेलाडी वा जिल्ला बाहिरका खेलाडीहरु टिममा समावेश गर्न सक्नेछन्’, उनले बताए ।
लिग जित्ने टोलीलाई नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा प्लेयर अफ द सिरिज विजेतालाई नगद १० हजार रुपैयाँ पुरस्कार राशीको व्यवस्था गरिएको छ । यस्तै बेष्ट बलर र बेष्ट ब्याट्सम्यानका लागि जनही पाँच हजार रुपैयाँले सम्मान गरिने आयोजकको भनाइ छ ।
रत्ननगर नगरपालिका वडा नं। ६ टाँडीमा रहेको यस एकेडेमीले १०० भन्दा बढी खेलाडीलाई नियमित प्रशिक्षण दिँदै आएको छ । खेलाडीहरुले नियमित गर्ने अभ्यास र प्रशिक्षणले मात्रै उनीहरुको करियर अघि बढ्ने विश्वास आयोजकले गरेको छ । करियर अघि बढाउन निरन्तरको अभ्यास र प्रशिक्षणसँगै उनीहरुलाई म्याच एक्सोपोजरको पनि आवश्यकता पर्ने भएकाले आगामी दिनहरुमा प्रतियोगितालाई निरन्तरता दिने थापाको भनाइ छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]