Listen Live: 

चितवनमा दोस्रो रोजगार मेला–२०७९ रत्ननगरमा हुने

Radio Chitwan
सोमवार, फाल्गुन १५, २०७९

चितवनमा दोस्रो रोजगार मेला–२०७९ रत्ननगरमा हुने भएको छ ।

आज आइतबार रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको अध्यक्षतामा बसेको रोजगार मेला मूल समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

आगामी चैत १० देखि १२ गतेसम्म रत्ननगरको निपनी चोकमा रहेको होटल स्टार बैङ्क्वेटमा तीन दिनसम्म चल्ने मेलालाई वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलाको नाम दिइएको छ । अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलो पटक रोजगार मेलाको आयोजना गरेको थियोे । आलोपालो रुपमा रोजगार मेला गर्ने गरी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच यस अघि नै भ्रद सहमति भए अनुरुप यसपटक रत्ननगर नगरपालिकाले मेला गर्ने भएको हो ।

बैठकमा रत्ननगरमा मेयर प्रल्हाद सापकोटा, भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी, रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकारी बद्रीनारायण शर्मा, भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहकार रामहरि न्यौपानेलगायतको उपस्तिथि रहेको थियो । जागिर खोज्ने र जागिर दिनेहरुका बीचमा भेटघाट गराउने उद्देश्यले रत्ननगरमा रोजगार मेला हुने भएको हो । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको मेलामा स्टल राख्न र प्रवेश निःशुल्क गरिने भएको छ ।

रोजगारीको शिलशिलामा भौतारिएका युवाहरुलाइ लक्षित गरिएको र कामदारको अभाव झेलिरहेका व्यवसायीहरुलाई एकैठाउँमा भेटाउने मूल उद्देश्य अनुरुप मेलाको आयोजना गरिएको रत्ननगर नगरपालिकाले जनाएको छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । भरतपुर महानगरपालिकाका अनुसार नीति तथा कार्यक्रममा समावेश गरेको ‘रोजगार बैँक’ को अवधारणाअन्तर्गतको कार्यक्रमका रूपमा रोजगार मेला सञ्चालन गर्न सुरु गरिएको हो ।

मेलामा कुनै किसिमको आर्थिक कारोबार नहुने रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीले बताए । मेलामा दुवै पालिकाका सम्पूर्ण सघ संघसंस्थाले पनि सहयोग गर्ने भएका छन् । बागमती प्रदेशका १० पालिका मध्ये भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा यो कार्यक्रम सञ्चालित छ । चितवन जिल्लामा अरु पालिकाहरुले यो कार्यक्रम गर्न सकेका छैनन् । अघिल्लो वर्ष भरतपुर महानगरमा भएको मेलामा १७ जनाले रोजगारी पाएको महानगरले जनाएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram