रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
रोकिएको टिपरमा माइक्रो ठोकिदा १६ जना घाइते

नारायणगढ(मुग्लिन सडकको भरतपुर महानगरपालिका(२९ सिमलतालमा आइतबार सडकमै रोकिराखिएको टिपरको पछाडि माइक्रो बस ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् । आइतबार दिउँसो ४ बजेर ४५ मिनेट जाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र बाँकी १४ जनाको अवस्था मध्यम रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
डीएसपी पण्डितका अनुसार नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ५८९१ नम्बरको माइक्रो बस ना ६ ख ४४९० नम्बरको टिपरको पछाडि ठोक्किएको थियो । घाइतेहरूको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
काठमाडौं : प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]