राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
नेकपा माओवादी केन्द्र भरतपुर महानगर समितिले सहिद तथा वेपत्ताका परिवारलाई गरे सम्मान

चितवन। नेकपा माओवादी केन्द्र भरतपुर महानगर समितिले सहिद तथा वेपत्ताका परिवारलाई सम्मान गरेको छ । पार्टी कार्यालय भरतपुरमा आइतबार आयोजित सम्मान कार्यक्रममा सहिद तथा वेपत्ताका परिवारलाई सम्मानित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य नारायण दाहालले प्रचण्डले ‘ट्याक्टिस’ प्रयोग गरेर ओलीको निरंकुश बन्ने सपना तोडिएको बताए । उनले एमाले अध्यक्ष केपी ओलीले फेरि प्रतिनिधिसभा विघटन गरेर आफू सही भन्ने प्रमाणित गर्ने बाटो खोजिरहेको बताए । ‘२ वर्षपछि केपी प्रधानमन्त्री बन्ने कुरा थियो, अहिले राष्ट्रपति पनि एमालेबाटै, सभामुख, प्रमुख निर्वाचन आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायत सबै हातमा लिएर ओलीले सदन विघटन गर्नेवाला थिए’, दाहालले भने, ‘मासु कुर्न राखेको कुकुर, दूध कुर्न राखेको बिरालो जस्तो हुनेवाला देखेरै त्यो रोक्न नयाँ गठबन्धनमा जानु परेको हो ।’
राष्ट्रपति पाएमा एमाले थप निरंकुश बन्ने बाटोमा जाने संकेतहरु देखा परेपछि माओवादीले राष्ट्रिय सहमतिको कुरा निकालेको दाहालको दाबी थियो । ‘लडेर ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, संविधानलाई गुम्न दिनेछैनौँ’, उनले भने, ‘प्रचण्डले रणनीति सधैं एउटै तर कार्यनीतिमा लचकता अपनाएर अगाडि बढ्नुभएको हो ।’
गणतन्त्रको अगुवाई गर्ने दलले नै गणतन्त्रविरोधीहरुसँग मिलेर सरकार बनाउनु पर्ने अवस्था आए पनि अहिले कोर्स सच्चिएको उनले बताए । ‘सदन विघटनका कुरा, प्रतिगमनका कुरा सदनमा नराख्ने सहमति ओलीले विश्वासको मत लिने दिनमै तोडे’, उनले भने, ‘त्यही दिनबाट खटपटी सुरु भएको हो । माओवादीलाई सिध्याउने, राजावादीहरुसँग मिल्ने ओलीको लक्ष्यलाई रोकेका हौँ ।’
उनले अहिले बनेको नयाँ गठबन्धनले पछि माओवादीको विचार, सिद्धान्तलाई आघात पु¥याउने काम गरेमा सत्ता छाडेर सडकमा जनतासँगै उत्रने दाबी गरे । ‘जनयुद्ध शब्द नै नरुचाउने, हत्या, हिंसा भनेर टिप्पणी गर्नेहरुले चारैतर्फबाट घेराबन्दी गर्न थालेका थिए’, नेता दाहालले भने, ‘माओवादी आन्दोलन, जनयुद्धलाई अपमान गरेर रोटी सेक्नेहरुसँग सहकार्य हुने छैन ।’
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ईश्वरी भट्टराईले जनयुद्धलाई हिंसा दिवस भनेर टिप्प्णी गर्ने एमालेसँगको सम्बन्ध तोड्नु समयको माग भएको बताए । उनले सहिदहरुले देखाएको बाटोमा पार्टी कहिल्यै विचलित नहुने बताए ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले गणतन्त्र विरोधीहरु सल्बल्याएको बताइन् । उनले गणतन्त्र पक्षधरहरु एक ठाउँमा उभिएकाले अब गणतन्त्रविरोधीहरु आफै पलायन हुने दाबी गरिन् । महानगर प्रमुख दाहालले वर्तमान सरकारले जनयुद्धका सहिदहरुलाई छिटै राष्ट्रिय सहिद घोषणा गरेर परिवारलाई सम्मान तथा सुविधा दिने बताइन् । उनले भरतपुर महानगरले जनयुद्धका सहिद तथा वेपत्ता परिवारलाई मासिक २ हजार सहयोग गर्दै आइरहेको बताइन् ।
सहिद तथा वेपत्ताका परिवार सम्मान कार्यक्रममा ७० जनाभन्दा बढी जनयुद्धका सहिद तथा वेपत्ताका परिवारजन एवं आफन्तलाई सम्मान गरिएको थियो ।
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]