Listen Live: 

रत्ननगर नगरपालिकाभित्रका ११ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिकाहरुलाई एचपिभी विरुद्धको खोप अभियान सुरू

Radio Chitwan
सोमवार, फाल्गुन १५, २०७९

रत्ननगर नगरपालिकाभित्रका २९ सामुदायिक र २१ संस्थागत विद्यालय गरी ५० विद्यालयका ११ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिकाहरुलाई ह्युमन पापिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप अभियान सुरू भएको छ ।

नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको सहयोगमा प्राप्त एचपिभीविरुद्धको खोप विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा रत्ननगर नगरपालिकाका दुई हजार बालिकालाई खोप लगाउन सुरू गरिएको रतननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले जानकारी दिए ।

रत्ननगर–१ स्थित बकुलहर माविका सहायक प्रधानाध्यापक भोजराज पौडेलको अध्यक्षतामा सञ्चालित खोप अभियानका प्रमुखअतिथि रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले एचपिभीविरुद्धको खोप बालिकालाई अत्यन्त प्रभावकारी रहेकाले ढुक्क भएर लगाउन आग्रह गर्दै रत्ननगर नगरपालिकाले स्वास्थ्यसँग सम्बन्धित विविध कार्यक्रम ल्याएको बताए । स्वास्थ्य र शिक्षाबाट कुनै पनि बालबालिका विमुख हुन नपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यक्रम संयोजक डा. कृष्णप्रसाद सुवेदीले एचपिभीविरुद्धको भ्याक्सिनको प्रभावकारिताबारे चर्चा गर्दै एचपिभी खोप लगाएपछि भाइरसको सङ्क्रमण, पाठेघरको मुखको क्यान्सर, योनीको क्यान्सरबाट बचाउन सकिने बताए । उनले एचपिभी खोप पाँच महिनादेखि एक वर्षको फरकमा दुईपटक लगाउनुपर्ने बताए । विश्वका धेरै देशमा लगाइएको सो खोपको साइड इफेक्ट नरहेको उनले जानकारी दिए ।

कार्यक्रममा नगरशिक्षा अधिकारी बद्रिनारायण शर्मा, नगरसमिति सदस्य नेत्रप्रसाद घिमिरे, स्वास्थ्य शाखा प्रमुख माधव पौडेल र स्वास्थ्य शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । आइतबार विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका प्राविधिक टोलीले ६५ जना बालिकालाई खोप लगाएका थिए । खोप कार्यक्रम फागुन २९ गतेसम्म सञ्चालन हुनेछ ।

आन्य समाचारहरु:-
February 23, 2024
रत्ननगरका १६ वटै वडामा अनेमसंघको नयाँ कमिटी गठन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा अखिल नेपाल महिला संघको नयाँ कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट संघको छुट्टाछुट्टै अधिवेशन गरी वडा कमिटी गठन गरिएको […]

February 22, 2024
दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतवारदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ […]

February 15, 2024
होटल व्यवसायी महासंघको साधारण सभा रत्ननगरमा हुने

रत्ननगर । होटल व्यवसायी महासंघ नेपालको ११ औं बार्षिक साधारण सभा फागुन ४ गते रत्ननगरमा हुने भएको छ । रत्ननगरको सौराहाचोक स्थित होटल गंगोत्री होइवेमा हुने साधारण सभाको बागमती प्रदेशका […]

February 13, 2024
साैराहा फुड फेष्टिबल : वेटर रेसमा पंगेनी र डाेरी तान्नेमा थ्रि एन्जल रेष्टुरेन्ट प्रथम

रत्ननगर । साैराहामा जारी फुड फेष्टिबल अन्तर्गत मंगलबार वेटर रेस प्रतियाेगिता गरिएकाे छ ।फेष्टिबलकाे आयाेजक संस्था रेवान साैराहाले आयाेजना गरेकाे साे प्रतियाेगितामा थारु किचनका कमल पंगेनी प्रथम, नेवारी खाजा घरका […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram