लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
खैरहनी नगरपालिका वडा नं १३ को वडा कार्यालयले सुत्केरी महिलालाई घ्यू वितरण अभियान सुरु
खैरहनी १४ फागुन । खैरहनी नगरपालिका वडा नं १३ को वडा कार्यालयले सुत्केरी महिलालाई घ्यू वितरण अभियान सुरु गरेको छ ।
वडा कार्यालयले आधारभूत स्वास्थ्य केन्द्र मार्फत आइतबारदेखि वितरण सुरु गरेको हो । वडा अध्यक्ष कुलप्रसाद भुषालले सुत्केरी महिलालाई घ्यू वितरण गरेर अभियान सुरु गरेका हुन् ।
पहिलो चरणमा ४० जना महिलालाई घ्यू प्रदान गरिनेछ । आधारभूत स्वास्थ्य केन्द्रमा उपस्थित केही महिलालाई प्रदान गरिए पनि बाँकीलाई घरमै पुगेर उपलब्ध गराउने केन्द्र प्रमुख शर्मिला चौधरीले जानकारी दिइन् ।
वडा अध्यक्ष भुषालले सुत्केरी महिला र बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै यो सुरुवात गरेपनि महिलाहरुको सुझाब र मागको आधारमा आगामी बजेटमा समाबेश गरिने बताए । वडाले सुत्केरी महिलाको पोषणका लागि यो बर्ष एक लाख रुपैयाँ बिनियोजन गरेको थियो ।
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]
चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]